गाउँखाने कथा उत्तरसहित

यहाँ हजारभन्दा बढी नेपाली गाउँखाने कथा उत्तरसहित छन्। उत्तर हेर्न कुनै पनि कथामा थिच्नुहोस्; कोष्ठमा अंग्रेजी अर्थ पनि छ।

पहिले आफैं जाँच्न चाहनुहुन्छ? गाउँखाने कथा खेल खेल्नुहोस्: उत्तर टाइप गर्नुहोस्, उत्तर देखाउनुअघि तीन मौका पाइन्छ।

गाउँखाने कथा खेल्नुहोस् →

पृष्ठ १ / ११

  1. १.अंजुलीभरि सुनका मुन्द्रा । के हो ?उत्तर हेर्नुहोस्

    दुनो (Wooden milking pail)

  2. २.अजड्ने बाबु, बझाङ्गे छोरो, कालो नाति सेतो पनाति । के हो ?उत्तर हेर्नुहोस्

    कटुसको फल (Chestnut fruit)

  3. ३.अंधेरी रानीवन, गाई हरायो खोज्न जाम् । के हो ?उत्तर हेर्नुहोस्

    जुम्रा हेरेको (Looking for lice)

  4. ४.अँध्यारो ओडारमा सेता जन्ती। के हो ?उत्तर हेर्नुहोस्

    दाँत (Teeth)

  5. ५.अध्यारो कुनामा काली बूढ़ी। के हो ?उत्तर हेर्नुहोस्

    हाँडी (Cooking pot)

  6. ६.अध्यारोमा देखिन्छ, उज्यालोमा छैन, जति कोसिस गरे पनि टिप्न सकिदैन । के हो ?उत्तर हेर्नुहोस्

    तारा (Star)

  7. ७.अँध्यारोमा हराउँछु, उज्यालोमा आउँछु, जता जान्छन् मेरा उनी उतैतिर धाउँछु । के हो ?उत्तर हेर्नुहोस्

    छायाँ (Shadow)

  8. ८.अक्षर छ, किताब होइन, गोलो छ, इनार होइनस, संसार डुल्छ, खुट्टा छैन । के हो ?उत्तर हेर्नुहोस्

    पैसा (Money/Coin)

  9. ९.अक्षर छन्, पुस्तक होइनस लेख्छ, कलम होइनस, टुकटुक गर्छ, घडी होइन । के हो?उत्तर हेर्नुहोस्

    टाइपराइटर (Typewriter)

  10. १०.अगाडि साइत, पुठामा लाइट । के हो?उत्तर हेर्नुहोस्

    जुनकिरी (Firefly)

  11. ११.अगाडि हिंड्दो, पछाडि बाटो थुन्दो। के हो ?उत्तर हेर्नुहोस्

    सियो र धागो (Needle and thread)

  12. १२.अगि हिड्दै छ पछि पाइला मेट्दै छ । के हो ?उत्तर हेर्नुहोस्

    डुङ्गा (Boat)

  13. १३.अग्लो डाँडामा दुईवटा सुरुङ । के हो ?उत्तर हेर्नुहोस्

    नाक (Nose)

  14. १४.अग्लो देखिन्छ, धरहरा होइन निहुरिन्छ बेहुली होइन । के हो ?उत्तर हेर्नुहोस्

    बाँस (Bamboo)

  15. १५.अग्लो पहरामा गुराँस फुलेको। के हो ?उत्तर हेर्नुहोस्

    टीका (Tika (forehead mark))

  16. १६.अग्लो रूखमा एउटा खोचे पात। के हो?उत्तर हेर्नुहोस्

    डाडु (Ladle)

  17. १७.अधिपछि अगाउने, चाडवाडमा भोकाउने। के हो ?उत्तर हेर्नुहोस्

    मदुस/बाकस (Chest/Box)

  18. १८.अधिपछि गुटमुटिएर बस्ने, पाहुनापाछा आए उत्तानो परेर सुत्ने । के हो ?उत्तर हेर्नुहोस्

    गुन्द्री (Straw mat)

  19. १९.अघिपछि जुगे दाइ मुख खुम्च्याई बस्छ, जुंगा उसको तान्यो भने मुख बाई हांस्छ । के हो ?उत्तर हेर्नुहोस्

    थैली (Bag/Purse)

  20. २०.अधिपछि चिल्लो, चाडवाडमा फुस्रो । के हो ?उत्तर हेर्नुहोस्

    ढिकी (Traditional rice pounder)

  21. २१.अचम्मकी चरी आगोमा परी पुच्छरले पानी खाँदै ऐय्याऐय्या गरी । के हो ?उत्तर हेर्नुहोस्

    बत्ती र तेल (Lamp and oil)

  22. २२.अँधेरीमा हराउँछु, उजेलीमा आउँछु । के हो ?उत्तर हेर्नुहोस्

    छाया (Shadow)

  23. २३.अड्काम पड्काम तेरा बाबुको टुप्पी चड्‌ङ्काम । के हो ?उत्तर हेर्नुहोस्

    जुगा (Moustache)

  24. २४.अड्किने ताउलीको खड्किने भात, खारखुर पारी एकै गास के हो ?उत्तर हेर्नुहोस्

    ओखर (Walnut)

  25. २५.अत्ती न पत्ती पिंधमा बत्ती। के हो?उत्तर हेर्नुहोस्

    जूनकिरी (Firefly)

  26. २६.अरुले देख्ने घामले नदेख्ने। के हो ?उत्तर हेर्नुहोस्

    अँध्यारो (Darkness)

  27. २७.अर्जुनको टुप्पोमा आगो लाग्यो, किदी चौरमा पानीमा पस्यो, रेसुङ्गामा निस्केर मानिसका मुखभित्र पस्यो । के हो ?उत्तर हेर्नुहोस्

    तमाखु खाएका (Smoking tobacco (hookah))

  28. २८.अलड़की रानी पदमा सुत्छे, सुर्जेलाई देख्दा लुपुक्क लुक्छे । के हो ?उत्तर हेर्नुहोस्

    शीत (Dew)

  29. २९.असिनी खसिनी सिन्कामाथि बसी नि। के हो ?उत्तर हेर्नुहोस्

    शीत (Dew)

  30. ३०.अहिले कालो भए पनि पहिले थिएँ रातो, छुन आयो भने कोही उडाइदिन्थें सातो। के हो?उत्तर हेर्नुहोस्

    अँगार (Ember/Charcoal)

  31. ३१.आँखा काटे मर्ने, घिस्रो काटे सर्ने। के हो?उत्तर हेर्नुहोस्

    उखु (Sugarcane)

  32. ३२.आँखा छ, देख्न सक्दैन, खुट्टा छन्, हिँड्न सक्दैन । के हो ?उत्तर हेर्नुहोस्

    चस्मा (Eyeglasses)

  33. ३३.आँखाजस्तो छ, आँखा होइन, पड्खा जस्तो छ, पखा होइन । के हो ?उत्तर हेर्नुहोस्

    मुजुरको प्वाँख (Peacock feather)

  34. ३४.आँखा झिमिक्क झिम्क्यायो कि पेटभित्रै निम्त्यायो। के हो ?उत्तर हेर्नुहोस्

    क्यामरा (Camera)

  35. ३५.आँखा छैन भुइँतिर हेर्छ, कान निमोठ्‌यो वान्ता गर्छ। के हो ?उत्तर हेर्नुहोस्

    धारा (Tap/Faucet)

  36. ३६.आँ त आँ, चारै , आँखा टुलुटुलु मुन्टो त काँ। के हो ?उत्तर हेर्नुहोस्

    गंगटो (Crab)

  37. ३७.आँसुल पाँसुला रातभरि टासुँला, झिसमिसेमै फुत्त निस्की आफ्नै ठाउँमा बसुँला। के हो ?उत्तर हेर्नुहोस्

    आग्लो (Door bar)

  38. ३८.आई गुजी पाई गुजी, पानी देखी डराई गुजी । के हो ?उत्तर हेर्नुहोस्

    जुत्ता (Shoes)

  39. ३९.आउँछ, जान्छ, देखिदैन, त्यो विना बाँचिदैन । के हो ?उत्तर हेर्नुहोस्

    हावा (Air/Wind)

  40. ४०.आउँछ, जान्छ, पर्खदैन, कहिले पनि फक्दैन, कसैसँग थर्कदैन । के हो ?उत्तर हेर्नुहोस्

    काल/समय (Death/Time)

  41. ४१.आकार भने वडेमानको हात्तीभन्दा ठूलो, भित्र जाने सारै सानो एउटै मात्र दुलो । के हो ?उत्तर हेर्नुहोस्

    घर (House)

  42. ४२.आकाशका तारा धर्तीमा आए, धर्तीमा आउँदा मौरी रमाए। के हो ?उत्तर हेर्नुहोस्

    तोरी (Mustard plant/flower)

  43. ४३.आकाशको फल पातालमा भन्यो, झर्नेवित्तिकै बिलाई मन्यो । के हो ?उत्तर हेर्नुहोस्

    असिना (Hailstone)

  44. ४४.आकाशको मैदान, रुखको बास, धर्तीको बिस्कुन चुच्चाको गास। के हो ?उत्तर हेर्नुहोस्

    चरा (Bird)

  45. ४५.आकाशमा उड्छु, चरा होइन, जनै लगाउँछ बाहुन होइन । के हो ?उत्तर हेर्नुहोस्

    चड्ङ्गा (Kite)

  46. ४६.आकाशमा टाँगेको बाटुलो रोटी। के हो ?उत्तर हेर्नुहोस्

    चन्द्रमा (Moon)

  47. ४७.आटी न पाटी तीन सय साठी। के हो?उत्तर हेर्नुहोस्

    तारा/किताब (Stars/Book)

  48. ४८.आन्द्राभुडी फ्यास्स भयो, टुप्पी समाई तान। के हो ?उत्तर हेर्नुहोस्

    जाल (Net (fishing))

  49. ४९.आफूचाहिँ कालो छ, रातो पानी खान्छ । के हो ?उत्तर हेर्नुहोस्

    जुम्रा (Louse)

  50. ५०.आफू चाहिँ सेतो छ, कालो कोट लाउँछ, रातो पानी खान्छ । के हो ?उत्तर हेर्नुहोस्

    खुकुरी (Khukuri (Nepali knife))

  51. ५१.अनिकालमा सुत्छस्, सहकालमा ककल्ड्याइँ । के हो ?उत्तर हेर्नुहोस्

    ढिकी (Traditional rice pounder)

  52. ५२.अन्जन न मन्जन चाकमा चन्दन। के हो ?उत्तर हेर्नुहोस्

    कसौडीमा खरानी लगाएको (Putting ash on a cooking pot)

  53. ५३.अन्न खान्छु सानी किरी, झ्यालबाट फुत्त छिरी । के हो ?उत्तर हेर्नुहोस्

    घुन (Weevil)

  54. ५४.अपट्टी छोरीको फटफटी कान, छोरीले खाई कैयौं मुरी धान । के हो ?उत्तर हेर्नुहोस्

    ढिकी (Traditional rice pounder)

  55. ५५.अरूका मुखाँ दाँत, मेरा पेटा दाँत। के हो?उत्तर हेर्नुहोस्

    गँगटो दारिम (Crab / Pomegranate)

  56. ५६.अरू बेला देखिने, सूर्य आए नदेखिने। के हो ?उत्तर हेर्नुहोस्

    तारा (Star)

  57. ५७.अरूले छुनासाथ लजाउने, सिङ्गो साज सिद्ध्याउने । के हो ?उत्तर हेर्नुहोस्

    लज्जावती भार (Touch-me-not plant)

  58. ५८.अर्घातोसे पाउना, फकाई फकाई ल्याउना, कांचीकांची ख्वाउना, भाँडामा मुताउना, घुचेटेर पठाउना । के हो ?उत्तर हेर्नुहोस्

    उखु पेलेको (Pressing sugarcane)

  59. ५९.अस्थिपञ्जर शरीर छ, बुई चढी हिंड्छ। के हो ?उत्तर हेर्नुहोस्

    डको (Doko (carrying basket))

  60. ६०.अहिले फुल्ने, अर्को साल फल्ने। के हो?उत्तर हेर्नुहोस्

    कटुस (Chestnut tree)

  61. ६१.अहिल्यै छ, अहिल्यै छैन। के हो?उत्तर हेर्नुहोस्

    जूनकिरी (Firefly)

  62. ६२.आँखा छ, देख्दैन, कान छ, सुन्दैन, मान्छे हो, बोल्दैन । के हो ?उत्तर हेर्नुहोस्

    सालिक तस्विर (Statue / Picture)

  63. ६३.आँखा हुने एकातिरमात्र हिँड्छ, आँखा नहुने दुवैतिर हिँड्छ । के हो ?उत्तर हेर्नुहोस्

    सर्प र आँधो (Snake and Blind person)

  64. ६४.आँखा हुने तिखे उड्दै अघि बढ्छ, टाउको हुने तिखे खेतमै अड्केर बस्छ । के हो ?उत्तर हेर्नुहोस्

    सियो र पिन (Needle and pin)

  65. ६५.आँखा हुने तिखे उन्दै अघि बढ्छ, टाउको हुने तिखे पहिलो खेपमै अड्किएर बस्छ। के हो?उत्तर हेर्नुहोस्

    सियो र पिन (Needle and pin)

  66. ६६.आँखीझ्याल भनौँ स्याल होइन, जीउभरि प्वाल। के हो ?उत्तर हेर्नुहोस्

    हतासो (Sieve)

  67. ६७.आँखो छ, माखो रमाउँछ, न हेर्छ न देख्छ । के होउत्तर हेर्नुहोस्

    खटिरो (Boil/Abscess)

  68. ६८.आइकुटी वाईकुटी कुटीकाई, आँखा त ट्वालट्वाल मुन्टै नाईं। के हो ?उत्तर हेर्नुहोस्

    गंगटो (Crab)

  69. ६९.आई बूढी मच्चिदै गई बूढी च्चिदै । के हो ?उत्तर हेर्नुहोस्

    पिङ (Swing)

  70. ७०.आईरहन्छ, गईरहन्छ देखिदैन, कुदे पनि भेटिदैन । के हो ?उत्तर हेर्नुहोस्

    हावा (Air/Wind)

  71. ७१.आउँछ, देखिन्छ, पिपरपावर पायो, सन्चो हुन्छ, बिलाउँछ । के हो ?उत्तर हेर्नुहोस्

    लुतो र कनाइ (Scabies and Itching)

  72. ७२.आउँदै आउँदैन, आएपछि जाँदै जान्न। के हो ?उत्तर हेर्नुहोस्

    गाँड (Anus/Buttocks (colloquial))

  73. ७३.आउने जानेलाई खान दिएस, आफूलाई चाइने लुगा लिएस् । के हो ?उत्तर हेर्नुहोस्

    एसेलु (Wild raspberry bush)

  74. ७४.आउने थाहा पनि दिन्न, आयो भने नलिई पनि जान्न । के हो ?उत्तर हेर्नुहोस्

    काल (Death)

  75. ७५.आऊ नानी मेरो पुठो खाऊ। के हो ?उत्तर हेर्नुहोस्

    पिकां (A type of wild yam)

  76. ७६.आएको चाल थाहा पाए गयो भन्छन् । के हो ?उत्तर हेर्नुहोस्

    भुइँचालो (Earthquake)

  77. ७७.आएन भने आउँछ, आयो भने आउदैन । के हो ?उत्तर हेर्नुहोस्

    खोला बढेको (River flooding)

  78. ७८.आकाशकी रानी पातालमा खसी, सूर्यलाई देख्ता थुपुक्क बसी । के हो?उत्तर हेर्नुहोस्

    शीत (Dew)

  79. ७९.आकाशको आगो पातालको पानी, हातले समाई मुखले तानी । के हो ?उत्तर हेर्नुहोस्

    तमाखु खाएको (Smoking tobacco (hookah))

  80. ८०.आकाशबाट आगो बर्सन्छ, पातालबाट पानी बसंन्छ, बीचमा मेघ जर्गन्छ । के हो ?उत्तर हेर्नुहोस्

    हुक्का (Hookah)

  81. ८१.आकाशमा आगो, पातालमा पानी, म्वाई खान जाँदा चिच्चाउने वानी । के होउत्तर हेर्नुहोस्

    तमाखु खाएको (Smoking tobacco (hookah))

  82. ८२.आकाशमा उड्छ, चरा होइन, बतासमा खेल्छ पानी पर्नु हुन्न । के हो ?उत्तर हेर्नुहोस्

    चङ्गा (Kite)

  83. ८३.आकाशको आगो पातालको पानी, मुखबाट ताने नाकबाट जाने । के हो?उत्तर हेर्नुहोस्

    हुक्का तानेको (Smoking hookah)

  84. ८४.आकाशमा उड्छ ठूलो चरी, काखमा बसाई घुमाउछ वरिपरि के हो ?उत्तर हेर्नुहोस्

    हवाइजहाज (Airplane)

  85. ८५.आकाशमा उड़ने-डुल्ने, वस्ने रूखमाथि, खान जाँदा धर्तीमा हुन्छन् सँगीसाथी । के हो ?उत्तर हेर्नुहोस्

    चरा (Bird)

  86. ८६.आकाशमा पानी, गर्भमा नानी। के हो ?उत्तर हेर्नुहोस्

    रक्सी (Alcohol (distilled))

  87. ८७.आकाशमुनि दुई तारा, दुई तारामुनि दुई धारा, दुई धारामुनि भैंसी बस्ने ठूलो आहाल, के हो?उत्तर हेर्नुहोस्

    मानिसको अनुहार (Human face)

  88. ८८.आकासका तारा धर्तिमा आए, धर्तिमा आउँदा मौरि रमाए । के हो ?उत्तर हेर्नुहोस्

    तोरी (Mustard plant/flower)

  89. ८९.आकाशमा हिँड्छ आकाशमै छ घर, विहान हुन्छ एकातिर, साँझ अन्तै सर। के हो ?उत्तर हेर्नुहोस्

    सूर्य (Sun)

  90. ९०.आगो न सागो धुवाँमात्रै आयो । के हो ?उत्तर हेर्नुहोस्

    कुहिरो (Fog/Mist)

  91. ९१.आगोमा उभिएर तीन भाइ निहुरेका, घांटीमा एउटै सिक्री सिउरेका । के हो ?उत्तर हेर्नुहोस्

    ओदान (Tripod cooking stand)

  92. ९२.आगोसागी केही छैन धुवाँको मुस्लो। के हो ?उत्तर हेर्नुहोस्

    कुहिरो (Fog/Mist)

  93. ९३.आकुडे-बाकुडे टाकुडे टाई, आँखा त टुलटुल मुन्टो त नाई के हो ?उत्तर हेर्नुहोस्

    गंगटो (Crab)

  94. ९४.आइकडे बाड्कुडे बोकेको, छाता ओढी उभिएको के हो?उत्तर हेर्नुहोस्

    मेवा/मेवाको बोट (Papaya/Papaya tree)

  95. ९५.आजभन्दा भोलि लामो भोलिभन्दा पर्सि नकाटेमा केटाकेटी डराउँछन् तर्सी के हो ?उत्तर हेर्नुहोस्

    दारी (Beard)

  96. ९६.आज मैले अचम्म देखें लामालामा पात, काटीकुटी कुड्‌का खाएँ के हो त्यसको जात ?उत्तर हेर्नुहोस्

    उखु (Sugarcane)

  97. ९७.आज मैले अचम्म देखें लामालामा पात, पकाएको पोली खाने के हो त्यसको जात ?उत्तर हेर्नुहोस्

    तमाखु (Tobacco)

  98. ९८.आधा पसे दुख्छ, सबै पसे दुख्दैन। के हो?उत्तर हेर्नुहोस्

    चुरा लगाएको (Wearing bangles)

  99. ९९.आफू छ इत्रो, कराउँछ कत्रो। के हो ?उत्तर हेर्नुहोस्

    शङ्ग (Conch shell)

  100. १००.आफू छ काली, नाम भने राति । के हो ?उत्तर हेर्नुहोस्

    रात (Night)

गाउँखाने कथा उत्तरसहित – पूरा सूची | Piromomo