गाउँखाने कथा उत्तरसहित – पृष्ठ १० / ११
पृष्ठ १० / ११
९०१.टाउको तान्दा आन्द्रा निस्कने । के हो?उत्तर हेर्नुहोस्
टुकी (Oil lamp wick)
९०२.टाउको निकालेर जीउ खाने। के हो?उत्तर हेर्नुहोस्
ल्वाङ (Clove)
९०३.टाउको मुनि थिचियपनि अईया भन्ने होईन, मालिकको सेवा गर्न कहिल्यै छोड्ने होईन। के हो?उत्तर हेर्नुहोस्
तकिया (Pillow)
९०४.टाउकाले लेख्ने पुच्छरले मेट्ने । के हो?उत्तर हेर्नुहोस्
पेन्सिल (Pencil)
९०५.टाउको नुहेको, मुख छुरा, काम पाए गर्छ पूरा। के हो ?उत्तर हेर्नुहोस्
चुलेंसी (Traditional vegetable cutter)
९०६.टाकुरामाथि बाक्लो घारी, त्यसलाई फाँड्छन् औसर पारी । के हो ?उत्तर हेर्नुहोस्
कपाल काटेको (Cutting hair)
९०७.टाङमुनि बग्छ पानीको भेल पिठ्यूँमा बोक्छ लामो रेल । के हो ?उत्तर हेर्नुहोस्
पुल (Bridge)
९०८.टाढाबाट देखाउँछ विचित्र रूप, नजिक पुगी हेर्दा हुन्छ फासफुस । के हो ?उत्तर हेर्नुहोस्
बादल (Cloud)
९०९.टाढाबाट हेर्दा चाँदी टल्कने, घाम लागे आफैँ पग्लने । के हो ?उत्तर हेर्नुहोस्
हिउँ (Snow)
९१०.टाट्टे पहरा भालु कराएको। के हो?उत्तर हेर्नुहोस्
पादेको (Farting)
९११.टाट्टे पहरामा तल्यांङतुर्लुङ । के हो?उत्तर हेर्नुहोस्
लड्ढे पिङ (Swing)
९१२.टाट्टे पहरामा त्रिशूल। के हो?उत्तर हेर्नुहोस्
वैष्णवको टिको (Vaishnav forehead mark)
९१३.टारी त टारी उँचो टारी, थोरै माटो फूल रोप्ने बारी के हो ?उत्तर हेर्नुहोस्
गमला (Flower pot)
९१४.टाले चुहुने, फाटे नचुहुने। के हो?उत्तर हेर्नुहोस्
आकाश र बादल (Sky and Cloud)
९१५.टिटिं गर्ने मेरो बानी, प्याट हान्ने तिम्रो बानी, एकछिन नआए किरिया गरे नानी। के हो?उत्तर हेर्नुहोस्
लामखुट्टे (Mosquito)
९१६.टुटी फुटुङटुङ, मेरी पुठो सुङ। के हो ?उत्तर हेर्नुहोस्
खुर्पेटो (Small sickle)
९१७.टुप्पामा फुल्ने, फेदमा फल्ने । के हो ?उत्तर हेर्नुहोस्
बदाम आलु (Peanut / Potato)
९१८.दुप्पी तान्दा आन्द्रा आउने। के हो?उत्तर हेर्नुहोस्
टुकी (Oil lamp wick)
९१९.टुप्पीतिर साह्रै तिखो, फेदतिर ठुलो रुप सानो भए पनि काम भने ठुलो । के हो?उत्तर हेर्नुहोस्
सियो (Needle)
९२०.एकातिर, फेद अर्कातिर, आखिरमा दुवै मिल्ने एकैतिर । के हो ?उत्तर हेर्नुहोस्
पेटी लगाएको (Wearing a belt)
९२१.टेकु टेकु लौरी टेकिनसक्नू । के हो ?उत्तर हेर्नुहोस्
सर्प (Snake)
९२२.टेक्दा लड्डी, चुस्ता मिठी, थुक्दा कपास । के हो ?उत्तर हेर्नुहोस्
उखु (Sugarcane)
९२३.टोपी फुकाली काम गर्ने, अनि पछि टोपी लगाई आराम गर्ने । के हो ?उत्तर हेर्नुहोस्
कलम (Pen)
९२४.टोपी फुकालेर जोत्ने काम गर्ने, टोपी लगाएर विश्राम गर्ने । के हो ?उत्तर हेर्नुहोस्
लेखेको (Writing)
९२५.टोपी लाउँछ, मान्छे होइन, सुंड छ, हात्ती होइन। के हो ?उत्तर हेर्नुहोस्
किल्ली/चियादानी (Kettle/Teapot)
९२६.ट्याक्क टाकुरी, बाङ्गो पाखुरी। के हो ?उत्तर हेर्नुहोस्
हँसिया आँसी (Sickle)
९२७.ट्याप्प टुपुक्क, क्वाप्प कुपुक्क। के हो?उत्तर हेर्नुहोस्
खाने काम (Act of eating)
९२८.ठाक्सेनोक्से ठोकोभरि काँड, त्यहींमाथि बस्ने गजदेउ साँढ । के हो ?उत्तर हेर्नुहोस्
भात पकाएको (Cooking rice)
९२९.ठाडी बूढी छलछली मुत्छे। के हो?उत्तर हेर्नुहोस्
कोल (Oil press)
९३०.ठूलो ओडारभित्र रातो पात। के हो?उत्तर हेर्नुहोस्
जिब्रो (Tongue)
९३१.ठूलो गराको कपास टिप्न नसकिने। के हो?उत्तर हेर्नुहोस्
तारा (Stars)
९३२.ठूलो चउरमा सेतो चकटी। के हो?उत्तर हेर्नुहोस्
चन्द्रमा (Moon)
९३३.ठूलो चउरमा एउटा रोटी। के हो?उत्तर हेर्नुहोस्
चन्द्रमा (Moon)
९३४.ठूलो चउरमा कनिका छरेको। के हो?उत्तर हेर्नुहोस्
तारा (Stars)
९३५.ठूलो चउरमा काँसको थाल घोप्ट्याएको। के हो ?उत्तर हेर्नुहोस्
चन्द्रसूर्य (Moon / Sun)
९३६.ठूलो चउरमा लामो पटुका सुकाएको। के हो ?उत्तर हेर्नुहोस्
खोलो (River)
९३७.ठूलो चउरमा लौरो गाडेको के हो?उत्तर हेर्नुहोस्
धरहरा (Dharahara tower)
९३८.ठूलो थालमा फुरौला कनिका छरेको। के हो?उत्तर हेर्नुहोस्
तारा (Stars)
९३९.ठूलो थालमा विस्कुन सुकाएको। के हो ?उत्तर हेर्नुहोस्
तारा (Stars)
९४०.ठूलो पहरामा एउटा प्वाल, प्वालबाट खस्ता पुग्ने पाताल । के हो ?उत्तर हेर्नुहोस्
खानेकुरा खाएको (Eating food)
९४१.ठूलो पहाडमा एउटा गुफा। के हो ?उत्तर हेर्नुहोस्
मुख (Mouth)
९४२.ठूलो पहाडमा एउटा मात्र खुड्किलो । के हो ?उत्तर हेर्नुहोस्
नाइटो (Navel)
९४३.ठूलो पहाडमा सुर्नाढकी। के हो?उत्तर हेर्नुहोस्
फुली (Nose ring)
९४४.ठूलो भीरमा एउटी बूढी चचहै गर्दै खेलेकी। के हो ?उत्तर हेर्नुहोस्
बुलाकी (Bulaki (nose ring))
९४५.ठूलो भीरमा तारा जडेको के हो?उत्तर हेर्नुहोस्
निधारको टीका (Tika on forehead)
९४६.ठूलो भीरमा पानीका कुवा। के हो?उत्तर हेर्नुहोस्
आँखा (Eyes)
९४७.ठूलो भीरमा भेडा टाँस्सिएका । के हो ?उत्तर हेर्नुहोस्
अछेताको टीका (Tika made of rice grains)
९४८.ठूलो भीरमा रातों काम्लो ओछ्याएको। के हो?उत्तर हेर्नुहोस्
पाकेको भुईकाफल (Ripe ground cherry)
९४९.ठूलो रूखमा एउटामात्र पात। के हो ?उत्तर हेर्नुहोस्
पनिउँ (Ladle (wood/gourd))
९५०.ठूलो वनको माझमा एउटामात्र अग्लो रूख । के हो ?उत्तर हेर्नुहोस्
टुप्पी (Topknot (hair))
९५१.ठूलो वनमा कोरीवाटी गरेर बसेको। के हो?उत्तर हेर्नुहोस्
निउरो (Fiddlehead fern)
९५२.ठेकी हातमा विर्को रुखमा । के हो?उत्तर हेर्नुहोस्
एसेलु (Wild raspberry)
९५३.ठ्याप्प पाइला घ्याप्प कान, साना आँखा ठूलो ज्यान। के हो ?उत्तर हेर्नुहोस्
हात्ती (Elephant)
९५४.डरलाग्दा आँखा छन्, चितुवा होइन, राघेपाटे छ, बाघ होइन, लामो पुच्छर भए पनि बाँदर त्यो होइन। के हो ?उत्तर हेर्नुहोस्
बिरालो (Cat)
९५५.डल्ली चरीको पेटमा कल्ली पुच्छरमा धातु जडी अँधेरीमा बल्ली । के हो ?उत्तर हेर्नुहोस्
विजुलीको चिम (Light bulb)
९५६.डाँडाको नाकको दायाँ र बायाँ, रूपा र वेगनास ताल । के हो ?उत्तर हेर्नुहोस्
आँखा (Eyes)
९५७.डाँडा न भाटा घुमाउने घर। के हो?उत्तर हेर्नुहोस्
माकुराको जालो (Spider web)
९५८.डाँडापाखा चिसो पाखा रगतका दुना । के हो ?उत्तर हेर्नुहोस्
लालीगुराँस (Rhododendron flower)
९५९.डाँडामाथि गएर घाँक्कघुँक्क गर्ने। के हो?उत्तर हेर्नुहोस्
बन्चरो (Axe)
९६०.डाँडावारि डाँडापारि दुई भाइ छन्, भेट कहिल्यै हुँदैन । के हो ?उत्तर हेर्नुहोस्
आँखा (Eyes)
९६१.डुङ्गाजस्तो जीउ त्यसको पिङ खेल्ने बानी, काखमा राखी झुलाइरहन्छ साना-साना नानी। के हो?उत्तर हेर्नुहोस्
कोक्रो (Cradle)
९६२.डुल्छ वनपाखा सयवटा आँखा। के हो?उत्तर हेर्नुहोस्
डोको (Doko (carrying basket))
९६३.डोको, नाम्लो केही छैन, भारी बोकी हिँड्छ, सुंड यस्सो छोड्यो भने भारीभित्रै लुक्छ। के हो ?उत्तर हेर्नुहोस्
शङ्गकीरा (Snail)
९६४.डोब आउँछ, कीलो त्यहीं रहन्छ। के हो?उत्तर हेर्नुहोस्
एसेलु (Wild raspberry)
९६५.डोरीको चुल्ठो, डोरीकै कान थाप्लामा राखी गर्दछन् मान । के हो ?उत्तर हेर्नुहोस्
नाम्लो (Namlo (head strap))
९६६.ढाडभरि नसो, गालाभरि मोसे। के हो?उत्तर हेर्नुहोस्
मादल (Madal (drum))
९६७.ढाडमा आँखा, पेट भित्र दाँत । के हो?उत्तर हेर्नुहोस्
गंगटो (Crab)
९६८.ढाडिएको पेट, सधैं लडिराख्छु आराम दिन पेटलाई माथि शिर थाप्छु । के हो ?उत्तर हेर्नुहोस्
सिरानी (Pillow)
९६९.ढुकर कुर्यो पारि वनमा, मुजुर नाच्यो वारि वनमा। के हो ?उत्तर हेर्नुहोस्
बन्दुक पड्काएको (Firing a gun)
९७०.ढुङगो न माटो, स्वर्ग लेक जाने बाटो । के हो ?उत्तर हेर्नुहोस्
लिस्नो/भऱ्याङ् (Ladder/Stairs)
९७१.ढोका एउटा, कोठा पाँच, जाडोमा चाहिन्छ, बेलैमा साँच के हो ?उत्तर हेर्नुहोस्
पन्जा (Glove)
९७२.ढ्याप्प पाईला घ्याप्प कान, दुईतिर / पुच्छर धेरै थाम । के हो ?उत्तर हेर्नुहोस्
हात्ती (Elephant)
९७३.तँ जाँदै गर, म आउँदै गर्छ। के हो ?उत्तर हेर्नुहोस्
खापा पाइला (Footsteps)
९७४.तँ ठडिई, म अड्याउँछु। के हो?उत्तर हेर्नुहोस्
तोक्मा (Support stick (Tokma))
९७५.तँ थापिई, म हाल्छु। के हो?उत्तर हेर्नुहोस्
जुत्ता लगाएको (Wearing shoes)
९७६.'तँ' भन्दा नछोइने, 'म' भन्दा छोड़ने । के हो ?उत्तर हेर्नुहोस्
ओठ (Lips)
९७७.तँलाई चुस्छन्, तैलाई थुक्छन् । के हो ?उत्तर हेर्नुहोस्
उखु (Sugarcane)
९७८.तँलाई हेर्दा मलाई देख्छु। के हो?उत्तर हेर्नुहोस्
ऐना (Mirror)
९७९.तं सुत्, म हाल्छु। के हो?उत्तर हेर्नुहोस्
जुत्ता लगाएको (Wearing shoes)
९८०.त हान म थापिन्छु। के हो?उत्तर हेर्नुहोस्
घन र छिनो (Hammer and chisel)
९८१.तँ हुल, म थापिन्छ। के हो?उत्तर हेर्नुहोस्
जुत्ता र खुड़ा (Shoe and Foot?)
९८२.तनक्क तनक्क तनक्क तान, दुईवटा पुच्छर छवटा कान । के हो ?उत्तर हेर्नुहोस्
गोरु जोतेको (Ploughing with oxen)
९८३.तनक्क तनक्क तनक्क तान, तीनवटा मुजा छवटा कान । के हो ?उत्तर हेर्नुहोस्
जोतेको (Ploughing)
९८४.तरकारी खाने हरियो पात, पानी अड्ने यसको जात। के हो ?उत्तर हेर्नुहोस्
कर्कलो (Taro leaf)
९८५.तरुल भन्छन् खान हुन्न, इंटजस्तो छ गारो लाउन हुन्न । के हो ?उत्तर हेर्नुहोस्
नेपाल (Nepal)
९८६.तल खुट्किलो, माथि पाता के हो?उत्तर हेर्नुहोस्
उखु (Sugarcane)
९८७.तल चक्का माथि घ्वाइँ, यो कथा नजान्ने स्यालको ज्वाईं । के हो ?उत्तर हेर्नुहोस्
जाँतो (Grinding stone)
९८८.तल छ्याङ्ग, माथि घ्याम्म। के हो?उत्तर हेर्नुहोस्
छाता (Umbrella)
९८९.तल झाड माथि ताल, तालमाथि उक्लँदो माल। के हो ?उत्तर हेर्नुहोस्
पुरी पाकेको (Making Puri)
९९०.तल डाँठ माथि गांठ गांठवरिपरि हरियो पात। के हो ?उत्तर हेर्नुहोस्
गाँठे गोपी (Knotted green leafy vegetable?)
९९१.तलतिर कल्चौंडा माथितिर थुन। के हो ?उत्तर हेर्नुहोस्
केरा (Banana)
९९२.तलतिर सिधा माथितिर गाँठो, गाँठोले हान्दा धुलो हुन्छ माटो । के हो?उत्तर हेर्नुहोस्
डल्लेठो (Wooden mallet/club)
९९३.तल्ला घरकी बूढीको पाथीजत्रो प्वाल, उपल्ला घरका बूढाले उफ्री उफ्री हाल । के हो ?उत्तर हेर्नुहोस्
धान कुटेको (Pounding rice)
९९४.तल थाल माथि झाल त्यसमाथि हीरालाल । के हो ?उत्तर हेर्नुहोस्
खुर्सानी (Chili pepper)
९९५.तल थाल माथि नली, यो कथा नजान्ने स्यालको हली । के हो ?उत्तर हेर्नुहोस्
तराजु (Balance scale)
९९६.तल पनि घ्वाइँ माथि पनि घ्वाइँ, यो कथा नजान्नेलाई अगुल्टाले च्वाईं। के हो ?उत्तर हेर्नुहोस्
घट्ट (Water mill)
९९७.तल पनि दाही याथि पनि दाही, त्यो हो गाउँको विचारी के हो ?उत्तर हेर्नुहोस्
कुखुराको भाले (Rooster)
९९८.तल फुकेको, माथि फुकेको, बीचमा सुकेको। के हो ?उत्तर हेर्नुहोस्
बस्ने मुढा (Stool (log seat))
९९९.तलबाट हाँस आयो, एक पाँजो घाँस ल्यायो। के हो ?उत्तर हेर्नुहोस्
मूला (Radish)
१०००.तलमाथि करङ बीचमा छाला, वर्षामा यसले ओत देला । के हो ?उत्तर हेर्नुहोस्
घुम/स्याखु (Traditional rain shield)