गाउँखाने कथा उत्तरसहित – पृष्ठ ७ / ११

पृष्ठ ७ / ११

  1. ६०१.घाम पानी, आँधी हुरी जे आए पनि वसिरहने, त्यो नभई हुँदै नहुने । के हो ?उत्तर हेर्नुहोस्

    घर (House)

  2. ६०२.घामपानि मिलेपछि जीवन चक चल्छ, सिर्जनाले धरती नै हराभरा पार्छ । के हो ?उत्तर हेर्नुहोस्

    माटो (Soil)

  3. ६०३.घुम घुम ताउली सालडाँडा जाउली, यो कथा नजाने मुसा पोली खाउली। के हो ?उत्तर हेर्नुहोस्

    टपरी खुटेको (Making a Tapari (leaf plate))

  4. ६०४.घुमाई घुमाई ताउली, दस ठाउँमा घाउ, यो कथा नजाने मुसा पोली खाऊ । के हो ?उत्तर हेर्नुहोस्

    टपरी खुटेको (Making a Tapari)

  5. ६०५.घुमाई घुमाई पोखरी, नङ छेड्ने घाउ, यो कथा नजाने मुसा पोली खाऊ । के हो ?उत्तर हेर्नुहोस्

    टपरी गाँसेको (Stitching a Tapari)

  6. ६०६.घुमाउने पोखरी त हातमा लाग्यो घाउ, यो कथा नजाने बाँदर पोली खाऊ। के हो?उत्तर हेर्नुहोस्

    टपरी (Tapari (leaf plate))

  7. ६०७.घुमाउने घरको एउटै खाँबो। के हो?उत्तर हेर्नुहोस्

    छाता (Umbrella)

  8. ६०८.घुमाउने घरको एउटै छानो। के हो ?उत्तर हेर्नुहोस्

    छाता (Umbrella)

  9. ६०९.घुमाउने घरको झ्याल न ढोका। के हो ?उत्तर हेर्नुहोस्

    टौवा (Spinning top)

  10. ६१०.घुम्ने मेरो काम हो सधैंभरि घुम्छु, पानी खाएपछि भने आरामसँग सुत्छु । के हो ?उत्तर हेर्नुहोस्

    घडी (Clock/Watch)

  11. ६११.घुमाउने थालको पेटभरि घाउ । के हो ?उत्तर हेर्नुहोस्

    टपरी (Tapari (leaf plate))

  12. ६१२.घुमाउने पोखरीमा नङका डाम। के हो?उत्तर हेर्नुहोस्

    टपरी (Tapari (leaf plate))

  13. ६१३.घुम्छ फनफनी, खान्छ मट्याङ्गा, छर्छ धुलो । के हो ?उत्तर हेर्नुहोस्

    घट्ट (Water mill)

  14. ६१४.घुम्टी गाई सात वन खाई। के हो ?उत्तर हेर्नुहोस्

    हँसिया (Sickle)

  15. ६१५.घुम्टो हाली झल्लर तानी, आई अंगाल्छिन् एउटी रानी । के हो ?उत्तर हेर्नुहोस्

    आँखा (Eye (eyelid))

  16. ६१६.घोडाको जस्तो मुख छ घोडा होइन, उड्न सक्छ चरा होइन, देखा पर्यो कि बालीनाली सखाप पार्छ। के हो ?उत्तर हेर्नुहोस्

    सलह (Locust)

  17. ६१७.घोप्टे ठेकीमा दही जमेको। के हो ?उत्तर हेर्नुहोस्

    सिँगान (Snot/Mucus)

  18. ६१८.घोप्टे ठेकीमा लतलते दही। के हो ?उत्तर हेर्नुहोस्

    सिँगान (Snot/Mucus)

  19. ६१९.घोडाजस्तै छ घोडा होइन, भारी बोक्छ भरिया होइन । के हो ?उत्तर हेर्नुहोस्

    गधा (Donkey)

  20. ६२०.घ्याप्प पाइला, ढ्याप्प कान, दुईतिर पुच्छर लौ के हो जान ? हात्तीउत्तर हेर्नुहोस्

    हात्ती (Elephant)

  21. ६२१.घ्याम्पे पहाडको बीचमा सानो खाडल के हो ?उत्तर हेर्नुहोस्

    नाइटो (Navel)

  22. ६२२.घ्वाइँघ्वाइँ गर्छ, चक्का ठूलो खान्छ मट्याङ्गा, झार्छ धुलो । के हो ?उत्तर हेर्नुहोस्

    घट्ट (Water mill)

  23. ६२३.चउरभरि पिठो छरेको, घाम आउँदा उडिगएको। के हो ?उत्तर हेर्नुहोस्

    तुसारो (Frost)

  24. ६२४.चक्का ठूलो मुंडे जीउ, डुडको पानीले जिउँछ ऊ । के हो ?उत्तर हेर्नुहोस्

    घट्ट (Water mill)

  25. ६२५.चर्खा घुम्छ धागो छैन, चार संगै छन् ढोगभेट छैन, चर्को आवाज गर्छ, तर टोक्दैन। के हो?उत्तर हेर्नुहोस्

    चर्खे पिङ (Ferris wheel / Rotating swing)

  26. ६२६.चचहै ! चचहै ! तारे भीरमा रमाउँछु, के के गर्छिन् मेरी उनी सबै कुरा नियाल्छु । के हो ?उत्तर हेर्नुहोस्

    बुलाकी (Bulaki (nose ring))

  27. ६२७.चड़के मेरो बानी, चड्के मेरो साथ, सात दिनमा नआए किरिया गरिराख। के हो ?उत्तर हेर्नुहोस्

    लामखुट्टे (Mosquito)

  28. ६२८.चढ्दा पनि उकालो छ, झर्दा पनि उकालो छ। के हो ?उत्तर हेर्नुहोस्

    छायाँ कालो मान्छे (Shadow / Dark person)

  29. ६२९.चन्द्रमाचक्की वाच्छैबुट्टी, यो कथा नजान्ने स्यालखुट्टी । के हो ?उत्तर हेर्नुहोस्

    मोहर/रुपियाँ (Coin/Rupee)

  30. ६३०.चम्कन्छ तारा होइन, मोतीजस्तो छ मोती होइन, टिप्ताखेरि बिलाउँछ फुस्सा होइन । के हो ?उत्तर हेर्नुहोस्

    कर्कलाको पानीको थोपा (Water drop on taro leaf)

  31. ६३१.चरा होइन उड्छ, बत्ती होइन बल्छ । के हो ?उत्तर हेर्नुहोस्

    जूनकिरी (Firefly)

  32. ६३२.चरीको पुच्छर दुईतिरबाट धपाउने, जसको घरमा टाउको टेक्छ त्यही लजाउने। के हो?उत्तर हेर्नुहोस्

    व्याडमिन्टनको कर्क (Badminton shuttlecock)

  33. ६३३.चरीचुच्चे भए पनि नाक त्यसको बुच्चे, पानीसित पौडी खेल्छे, घामसित सुत्छे। के हो?उत्तर हेर्नुहोस्

    रुमाल धोएर सुकाएको (Washing and drying a handkerchief)

  34. ६३४.चरी होइन चुच्चो छ, जन्तु होइन खुट्टो छ, आफू बिराम गर्दैन, परिआए पछि सर्दैन। के हो?उत्तर हेर्नुहोस्

    चुलेंसी (Traditional vegetable cutter)

  35. ६३५.चरी होइन भनौं भने उड्छ आकाशमाथि, केटाकेटी रमाउँछन् बनी प्यारा साथी। के हो?उत्तर हेर्नुहोस्

    चङ्गा (Kite)

  36. ६३६.चांचु गर्छ, नाइँ गर्छ, ढोग गर्छ। के हो ?उत्तर हेर्नुहोस्

    बाँस (Bamboo)

  37. ६३७.चाँदीको जगमा सुनको कौडा, हातले बटारी भुइँमा दौड़ा। के हो ?उत्तर हेर्नुहोस्

    मकै छोडाएको (Shelling corn)

  38. ६३८.चाँदीको ठेकीमा सुनको बिर्को। के हो?उत्तर हेर्नुहोस्

    एसेलु (Wild raspberry)

  39. ६३९.चादीका ठेकामा स्याउलाका बिकों। के हो ?उत्तर हेर्नुहोस्

    मूला (Radish)

  40. ६४०.चाँदीको ठेकी, सुनको खोल। के हो?उत्तर हेर्नुहोस्

    पाकेको केरा (Ripe banana)

  41. ६४१.चाँदीको थालमा सुनको कचौरा । के हो ?उत्तर हेर्नुहोस्

    गुनकेसरी फूल (A type of flower)

  42. ६४२.चाँदीको बट्टाभित्र सुनको डल्लो। के हो ?उत्तर हेर्नुहोस्

    अन्डा (Egg)

  43. ६४३.चाँदीको बुट्टा, सुनको गट्टा। के हो ?उत्तर हेर्नुहोस्

    अन्डा (Egg)

  44. ६४४.चाँदीजस्तो फूल हुन्छ सुनजस्तो फल, टिप्न नजाने बगाउँछ, रगतको भल । के हो ?उत्तर हेर्नुहोस्

    एसेलु (Wild raspberry)

  45. ६४५.चाँदी फुल्ने, सुन फल्ने। के हो?उत्तर हेर्नुहोस्

    एसेलु (Wild raspberry)

  46. ६४६.चाकले टेक्ने, मुखले खाने। के हो?उत्तर हेर्नुहोस्

    जुको (Leech)

  47. ६४७.चामलभन्दा कनिका धेरै। के हो ?उत्तर हेर्नुहोस्

    भाटा र खर (Split bamboo and thatch grass)

  48. ६४८.चार खटखट, दुई भटभट दुई डढुवा काठ, एउटा बहुला भाट । के हो ?उत्तर हेर्नुहोस्

    गाईभैसीका खुट्टा, कान, सिङ र पुच्छर (Cow/Buffalo's legs, ears, horns, and tail)

  49. ६४९.चार खम्बा खम्वै छन्, दुईवटा नाड्ला चल्दै छन्, दोटा बत्ती बल्दै छन् । के हो?उत्तर हेर्नुहोस्

    हात्तीका खुट्टा, कान र आँखा (Elephant's legs, ears, and eyes)

  50. ६५०.चार खुट्टा छन् जन्तु होइन, मान्छे बस्छन् घोडा होइन । के हो ?उत्तर हेर्नुहोस्

    खाट (Bed)

  51. ६५१.चार खुट्टा छन्, न हिँड्छ, न खान्छ । के हो ?उत्तर हेर्नुहोस्

    खाट (Bed)

  52. ६५२.चार खुट्टा छन् पलङ होइन, दुईतिर पुच्छर छ हात्ती होइन, पानीमा बस्छ माछो होइन। के हो?उत्तर हेर्नुहोस्

    गोही (Crocodile)

  53. ६५३.चार खुट्टा छन् मेरा मैमाथि थकाइ मार्छन् सारा । के हो ?उत्तर हेर्नुहोस्

    खाट (Bed)

  54. ६५४.चार खुट्टा टेकी वस्छ जन्तु भनिदैन, आँखा, कान, नाक, मुख केही देखिदैन । के हो?उत्तर हेर्नुहोस्

    टेवुल (Table)

  55. ६५५.चार खुट्टा टेकी बोक्छ भारी जीउमा, आराम दिन्छ ढसमस्स बसी एकै ठाउँमा । के हो ?उत्तर हेर्नुहोस्

    खाट (Bed)

  56. ६५६.चार खुट्टा भए पनि दुई खुट्टाले हिँड्ने । के हो ?उत्तर हेर्नुहोस्

    कङ्गारु (Kangaroo)

  57. ६५७.चारखुट्टे जीवको पुच्छर छैन, लमकलमक हिँड्न सक्दैन । के हो ?उत्तर हेर्नुहोस्

    भ्यागुतो (Frog)

  58. ६५८.चार चुच्चे छ, माटो भए पनि ढुङ्गाको काम गर्छ । के हो ?उत्तर हेर्नुहोस्

    इंटा (Brick)

  59. ६५९.चार चुच्चे, मुख पुच्छे। के हो?उत्तर हेर्नुहोस्

    रुमाल (Handkerchief)

  60. ६६०.चारचुच्चे, मुख बुच्चे। के हो?उत्तर हेर्नुहोस्

    मदुस/बाकस (Chest/Box)

  61. ६६१.चारचुच्चे, मुख बुच्चे, पानी खान्छे, घाममा सुत्छे । के हो ?उत्तर हेर्नुहोस्

    रुमाल सुकाएको (Drying a handkerchief)

  62. ६६२.चार चोसामा थुनिएछन् कसका छोराछोरी, जता हुन्छु उतै हेर्छन् कस्ता मोरामोरी । के हो ?उत्तर हेर्नुहोस्

    तस्विर (Picture/Photograph)

  63. ६६३.चार जात, दुई बोली, चौधवटा खुट्टा। के हो ?उत्तर हेर्नुहोस्

    मयुर, बिरालो, हात्ती र सुँगुर (Peacock, Cat, Elephant, and Pig)

  64. ६६४.चार धाम, दुई पुच्छर । के हो ?उत्तर हेर्नुहोस्

    हात्ती (Elephant)

  65. ६६५.चार पाउ कुपु खाऊ । के हो ?उत्तर हेर्नुहोस्

    पिर्का (Low wooden seat (Pirka))

  66. ६६६.चार पाउकी चुप्प रानी दिनहुँ उठी नुहाउँछिन्, दालरोटीको मर्म नबुझी काँचा रोटी बुकाउँछिन् । के हो ?उत्तर हेर्नुहोस्

    चकला (Rolling board (for bread))

  67. ६६७.चार पाउ दुई वहाँ, आँखा तेरा कुर्कुच्चामा मुन्टो तेरो कहाँ ? के हो ?उत्तर हेर्नुहोस्

    मेच (Chair)

  68. ६६८.चार पाउ छन् चौपाया होइन, कराउँछ पुच्छर छैन । के हो ?उत्तर हेर्नुहोस्

    भ्यागुतो (Frog)

  69. ६६९.चारपाटे छ ईंटा होइन, कुरा गर्छ मान्छे होइन । के हो ?उत्तर हेर्नुहोस्

    रेडियो (Radio)

  70. ६७०.चारपाटे रूपै छ, वस्छ जमिनमाथि, गरिवको घरमा पुग्दा बन्छ प्यारो साथी । के हो ?उत्तर हेर्नुहोस्

    गुन्द्री (Straw mat)

  71. ६७१.चार भाइ एकै लङमा एक भाइ छुट्टै । के हो ?उत्तर हेर्नुहोस्

    बूढी औंला (Thumb)

  72. ६७२.चार भाइको हेराहेर, भेट कहिल्यै नहुने । के हो ?उत्तर हेर्नुहोस्

    गाईभैसीका थुन (Cow/Buffalo teats)

  73. ६७३.चार भाइ गुहुमुत, चार भाइ रजपुत, दुई भाइ छन् लङ्गामा, एक भाइलाई दुख । के हो?उत्तर हेर्नुहोस्

    भैसीका खुट्टा, थुन, सिङ र पुच्छर (Buffalo's legs, teats, horns, and tail)

  74. ६७४.चार भाइ छन्, कहिल्यै भेट हुन्नन् । के हो?उत्तर हेर्नुहोस्

    सुर दुहेको $39\times$ (Milking?)

  75. ६७५.चार भाइ लडे, सय भाइ बढे। के हो ?उत्तर हेर्नुहोस्

    मकै (Corn)

  76. ६७६.चार भाइले एउटै पोखरीमा हाम फाल्ने । के हो ?उत्तर हेर्नुहोस्

    दूध दुहेको (Milking)

  77. ६७७.चार भाइले एकै ठाउँमा तारो हान्ने। के हो?उत्तर हेर्नुहोस्

    दूध दुहेको (Milking)

  78. ६७८.चार भाइ सँगै, एक भाइ छुट्टै। के हो ?उत्तर हेर्नुहोस्

    बूढी औंलो (Thumb)

  79. ६७९.चार भाइ हेर्छन्, एक भाइ नाच्छन् । के हो ?उत्तर हेर्नुहोस्

    सुर्ती माडेको (Grinding tobacco in palm)

  80. ६८०.चार मुख छ, देउता हैन, वोल्छ, मान्छे हैन । के हो ?उत्तर हेर्नुहोस्

    घन्टाघर (Clock tower)

  81. ६८१.चारवटा झर्ना एकै ठाउँमा झर्ने। के हो ?उत्तर हेर्नुहोस्

    दूध दुहेको (Milking)

  82. ६८२.चारसिङ्गे धामी, उँधो मुन्टो कामी। के हो?उत्तर हेर्नुहोस्

    मदानी (Churning stick)

  83. ६८३.चारैतिर माटो बीचमा सुनको बाटो । के हो ?उत्तर हेर्नुहोस्

    हलेदो (Turmeric)

  84. ६८४.चारैतिर चांदीका तार, बीचमा एउटा सरदार। के हो ?उत्तर हेर्नुहोस्

    माकुरो (Spider (in web))

  85. ६८५.चार भाइ एकै ठाउँमा हाम फाल्छन् । के हो ?उत्तर हेर्नुहोस्

    दूध दुहेको (Milking)

  86. ६८६.चाल त्यसको छट्केमट्‌के, बसाइ त्यसको जाँतो, दाँत उसको अनारदाना, माया उसको राँको। के हो ?उत्तर हेर्नुहोस्

    सर्प (Snake)

  87. ६८७.चिच्याउने, मिम्याउने, नाइँ भन्ने, ढोग दिने। के हो ?उत्तर हेर्नुहोस्

    च्वाँचे, वाखा, केरा, बाँस (Bat, Goat, Banana, Bamboo)

  88. ६८८.चिची माथिको पापा। के हो ?उत्तर हेर्नुहोस्

    नङ (Fingernail/Toenail)

  89. ६८९.चिल्लो बोटको नरम फल। के हो?उत्तर हेर्नुहोस्

    केरा (Banana)

  90. ६९०.चिल्सिङमिल्सिङ ठाडी गाईका तीन सिङ । के हो ?उत्तर हेर्नुहोस्

    चुत्रो (Barberry bush)

  91. ६९१.चिसोतातो ठिक्क होस् मीठो मीठो खान्छु, जन्तीहरू वसी हेर्छन् स्वाद लिंदै जान्छु। के हो ?उत्तर हेर्नुहोस्

    जिब्रो (Tongue)

  92. ६९२.चिसो पानी तातो पानी, तातो पानीको रातो पानी। के हो ?उत्तर हेर्नुहोस्

    फिक्का चिया (Light tea)

  93. ६९३.चिस्यानमा बस्ने पगरी गुत्ने मान्छेले देखे खाऊँ भनी थुत्ने । के हो ?उत्तर हेर्नुहोस्

    च्याउ (Mushroom)

  94. ६९४.चिस्यानको मुढो न कुहिने न सुक्ने। के हो ?उत्तर हेर्नुहोस्

    जिब्रो (Tongue)

  95. ६९५.चुइयाँ चुइयाँ पच चुइयाँ, चुइयाँका पुच्छरले भुइँ छुइयाँ । के हो ?उत्तर हेर्नुहोस्

    रोटेपिङ चर्खे पिङ (Rotating swing / Ferris wheel)

  96. ६९६.चुच्चे पहाडको टुप्पोमा एउटी बूढी पिङ खेल्ने । के हो ?उत्तर हेर्नुहोस्

    बुलाकी (Bulaki (nose ring))

  97. ६९७.चुच्चो छ, चरा होइन, दुई खुट्टा छन्, मान्छे होइन आफू विगार गर्दैन, परिआए पछि सर्दैन। के हो?उत्तर हेर्नुहोस्

    चुलेंसी (Traditional vegetable cutter)

  98. ६९८.चुलबुले टारमा बुरबुरे माटो, हातमा लुटुपुटु मुखमा गाँठो । के हो ?उत्तर हेर्नुहोस्

    कसार (Kasar (sweet flour ball))

  99. ६९९.चुल्ठा समात्छन्, ढाड काट्छन् । के हो ?उत्तर हेर्नुहोस्

    बाबियो (Babiyo grass (for rope))

  100. ७००.चोक्टा न चोक्टी, सेता साँप्रा खप्टी । के हो ?उत्तर हेर्नुहोस्

    कँची (Betel nut cutter)

गाउँखाने कथा उत्तरसहित – पूरा सूची – पृष्ठ ७ | Piromomo