गाउँखाने कथा उत्तरसहित – पृष्ठ ११ / ११

पृष्ठ ११ / ११

  1. १००१.तल मादल बजाउने, माथि छमछम नाच्ने । के हो ?उत्तर हेर्नुहोस्

    लटाइ र चङ्गा (Kite spool and kite)

  2. १००२.तल र माथि फुकेको माझमा सुकेको के हो ?उत्तर हेर्नुहोस्

    डमरु (Damaru (small drum))

  3. १००३.तल लौरी माथि चौरी के हो?उत्तर हेर्नुहोस्

    कर्कलो (Taro plant)

  4. १००४.तल वन माथि वन, बीचमा छन् डुङ्गा, डुङ्गाले नै च्याउन छाडे काम लाग्दैन गड्डा। के हो?उत्तर हेर्नुहोस्

    आँखा (Eye (eyelids))

  5. १००५.तल हेर्दा थाल हुन्छ माथि हेर्दा ताल, तालमाथि पौडी खेल्छ स्वादिलो छ, माल के हो?उत्तर हेर्नुहोस्

    सेलपुरी पकाएको (Making Selroti/Puri)

  6. १००६.तलाउवरिपरि ठाडा कीलाको बार। के हो?उत्तर हेर्नुहोस्

    परेला (Eyelashes)

  7. १००७.तल्तिर कल्चौडा मास्तिर थुन, भित्र चाँदी बाहिर सुन । के हो ?उत्तर हेर्नुहोस्

    केरा पाकेको घरी (Bunch of ripe bananas)

  8. १००८.ताउली पाक्यो, जाउली पाकेन। के हो?उत्तर हेर्नुहोस्

    अम्बा बेलौती (Guava)

  9. १००९.ताउलो पाक्यो, जाउलो पाकेन। के हो ?उत्तर हेर्नुहोस्

    खनिउँ (Dioscorea (wild yam))

  10. १०१०.ताछ्दै लगे मोटाउँदै जान्छु, काट्‌दै लगे लामो हुन्छ । के हो ?उत्तर हेर्नुहोस्

    खाल्टो (Hole/Pit)

  11. १०११.तान्दा तान्न सकिन्न, बाँध्दा बाँध्न सकिन्न, छुन सकिन्छ, तर फेर्न सकिन्न । के हो?उत्तर हेर्नुहोस्

    नदी खोला (River)

  12. १०१२.तान्दा दुख्छ, काट्दा दुख्दैन। के हो?उत्तर हेर्नुहोस्

    रौं/कपाल (Hair)

  13. १०१३.तान्ने दुई भाइ पछि ठेल्ने भाइ एक, कहिले छेउ कहिले कुना, डाँडा पाखा लेक। के हो?उत्तर हेर्नुहोस्

    हलो जोतेको (Ploughing)

  14. १०१४.तान्ने भए तान, नत्र झुन्डिएर मर्छु। के हो?उत्तर हेर्नुहोस्

    सिँगान (Snot/Mucus)

  15. १०१५.ताप दिइन्जेल रातो, छाडेपछि कालो । के हो ?उत्तर हेर्नुहोस्

    कोइला, फलाम (Coal, Iron)

  16. १०१६.तामाको गाग्रीमा सुनको असर्फी । के हो ?उत्तर हेर्नुहोस्

    पाकेको खुर्सानी (Ripe chili pepper)

  17. १०१७.तामाको गिलासमाथि लामालामा स्याउला। के हो ?उत्तर हेर्नुहोस्

    सागसहितको गाजर (Carrot with greens)

  18. १०१८.तामाको घैटावाट स्वादिलो फल निस्कने। के हो?उत्तर हेर्नुहोस्

    अनार (Pomegranate)

  19. १०१९.तामाको जग, माटाको गारो, पानीको छाना, दिनभर पर्खिदा तीन चार माना। के हो?उत्तर हेर्नुहोस्

    रक्सी पारेको (Distilling alcohol)

  20. १०२०.तामाको ठेकीमा काठको विर्को। के हो?उत्तर हेर्नुहोस्

    खुर्सानी/फर्सी (Chili pepper / Pumpkin)

  21. १०२१.तामाको ठेकीमा फलामको बिर्को के हो?उत्तर हेर्नुहोस्

    भलायो (Marking nut (Bhalayo))

  22. १०२२.तामाको ठेकीमा स्याउलाको बिर्को। के हो?उत्तर हेर्नुहोस्

    गाजर (Carrot)

  23. १०२३.तामाको दैलो, चाँदीको संघार, भित्रकी नानी घुरुक्क उधार । के हो ?उत्तर हेर्नुहोस्

    मुख, दाँत र जिब्रो (Mouth, Teeth, and Tongue)

  24. १०२४.तामे नली फलामे फली। के हो ?उत्तर हेर्नुहोस्

    फापर (Buckwheat)

  25. १०२५.तामे नली फत्रक्क गली। के हो?उत्तर हेर्नुहोस्

    कालो कर्कलो (Black taro)

  26. १०२६.तारे पहाडमा सोली घोप्ट्याएको। के हो?उत्तर हेर्नुहोस्

    नाक (Nose)

  27. १०२७.तारे भीरमा अनौठो पानी, कहिले त बगेरै जानी। के हो ?उत्तर हेर्नुहोस्

    पसिना (Sweat)

  28. १०२८.तारे भीरमा एउटी बूढी चहचहै। के हो?उत्तर हेर्नुहोस्

    बुलाकी (Bulaki (nose ring))

  29. १०२९.तारे भीरमा एउटै अखेटो खुट्किलो । के हो ?उत्तर हेर्नुहोस्

    नाइटो (Navel)

  30. १०३०.तारे भीरमा अनौठो पानी, कहिलेकाँही बगेर जानी। के हो ?उत्तर हेर्नुहोस्

    पसिना (Sweat)

  31. १०३१.तारे भीरमा पिङ झुन्ड्याएको। के हो ?उत्तर हेर्नुहोस्

    बुलाकी (Bulaki (nose ring))

  32. १०३२.तारे भीरमा मृगको साँप्रो झुन्ड्याएको। के हो ?उत्तर हेर्नुहोस्

    भोर्लाको टाटा (Bhola leaf plate)

  33. १०३३.तारे भीरमा रगतको छिटो बटुकी। के हो?उत्तर हेर्नुहोस्

    टीका लगाएको (Applying Tika)

  34. १०३४.ताल, तालमाथि धागो, धागोमाथि आगो। के हो?उत्तर हेर्नुहोस्

    बत्ती बलेको (Burning lamp)

  35. १०३५.तिम्रा आमाछोरी र हाम्रा आमाछोरी पात टिप्न जाम्, तीनवटा गेडा अमिलो सिङ्गासिङ्गै खाम् । के हो?उत्तर हेर्नुहोस्

    आमा छोरी र नातिनी (Mother, daughter, and granddaughter)

  36. १०३६.तिमी जाऊ, म आउँदै छु। के हो?उत्तर हेर्नुहोस्

    पाइलाको छाप (Footprint)

  37. १०३७.तिमिभित्र पस या वाहिर निस्क, म त यही बसिरहन्छु । के हो ?उत्तर हेर्नुहोस्

    ढोका (Door)

  38. १०३८.तीन अक्षरको भए पनि एक काटे 'चार' बन्छ। के हो ?उत्तर हेर्नुहोस्

    अचार (Pickle ('char' means four))

  39. १०३९.तीन अक्षरको मेरो नाम, नयाँ अर्थ दिने काम, उल्टो सुल्टो एक समान। के हो?उत्तर हेर्नुहोस्

    नवीनर (Nabin/Navin (name, palindrome))

  40. १०४०.तीन अक्षरको मेरो नाम, मान्छेको खाना, अगाडिको एक अक्षर झिके, वोटविरुवाको खाना। के हो ?उत्तर हेर्नुहोस्

    चामल (Rice ('mal' means manure))

  41. १०४१.तीन अक्षरको मेरो नाम विद्वान् हुन मलाई छान्। के हो ?उत्तर हेर्नुहोस्

    कलम/किताब (Pen/Book)

  42. १०४२.तीन अक्षर मिल्दा बन्छ एउटा देशको नाम, माझको अक्षर झिकिदिँदा वन्छ मीठो माम। के हो ?उत्तर हेर्नुहोस्

    भारत (India ('Bhat' means rice))

  43. १०४३.तीनअक्षरे मेरो नाम, टाउकोमा फरफर गर्छु, पहिलो अक्षर हटाइदिए नेपालको धन बन्छु। के हो?उत्तर हेर्नुहोस्

    रिबन (Ribbon ('ban' means forest/wealth))

  44. १०४४.तीन भाइको एउटै पगरी। के हो ?उत्तर हेर्नुहोस्

    ओदान (Tripod cooking stand)

  45. १०४५.तीन भाइ खेल्ने एउटै आँगन। के हो?उत्तर हेर्नुहोस्

    घड्डी र सुई (Clock and hands)

  46. १०४६.तिन वटा आँखा छ महादेव होईन, दुध दिन्छ गाई होईन, जात छ जोगी होईन। के हो?उत्तर हेर्नुहोस्

    नरिवल (Coconut)

गाउँखाने कथा उत्तरसहित – पूरा सूची – पृष्ठ ११ | Piromomo