गाउँखाने कथा उत्तरसहित – पृष्ठ २ / ११
पृष्ठ २ / ११
१०१.आफू छ डल्ली, बीचमा छ, दुलो दुलोमा सुई लगाउँदा खुरुक्क खुल्यो । के हो ?उत्तर हेर्नुहोस्
ताला र चाबी (Lock and key)
१०२.आन्द्रा जोडी चलाउदा ऐना बोल्न थाल्छ, त्यो ऐना को भुँडीभित्र संसार नै हुन्छ । के हो ?उत्तर हेर्नुहोस्
टिभि (Television)
१०३.आफू छ मुढो, डाँको छ ठूलो। के हो ?उत्तर हेर्नुहोस्
बन्दुक (Gun)
१०४.आफू जतातिर गयो उतैतिर जाने। के हो ?उत्तर हेर्नुहोस्
छायाँ (Shadow)
१०५.आफू जहाँ गयो, त्यहीँ जान्छ। के हो ?उत्तर हेर्नुहोस्
छायाँ (Shadow)
१०६.आफू पनि माले, छायाँ पनि माले। के हो ?उत्तर हेर्नुहोस्
डोको (Doko (carrying basket))
१०७.आफू भने कोदाको गेडाजत्रो यल्लाई पाए पनि खान्छ, उल्लाई पाए पनि खान्छ । के हो ?उत्तर हेर्नुहोस्
उपियाँ (Flea)
१०८.आफू भने थाइने, घोडा चढी माग्ने। के हो ?उत्तर हेर्नुहोस्
घुम/स्याखु (Traditional rain shield)
१०९.आफू भने माग्ने, सुनको टोपी लाउने । के हो ?उत्तर हेर्नुहोस्
एसेलु (Wild raspberry)
११०.आफू भने सेतो छ, कालो कोट लाउँछ, रातो पानी खान्छ । के हो ?उत्तर हेर्नुहोस्
खुकुरी (Khukuri (Nepali knife))
१११.आफू राजा खान्छ खाजा, झिक्छ सोला, छर्छ पीठो । के हो ?उत्तर हेर्नुहोस्
आगो (Fire)
११२.आफूले मात्र देख्न सकिने एउटा यस्तो कुरा, खास अर्कै हुन्छ, हुन्न कहिल्यै पूरा के हो ?उत्तर हेर्नुहोस्
सपना (Dream)
११३.आफैँ बच्चा जन्माउँछ, आफैँ खान्छ । के हो ?उत्तर हेर्नुहोस्
सर्प (Snake)
११४.आफैंले बनाउनी, आफैँ पस्न वस्न नपाउनी । के हो ?उत्तर हेर्नुहोस्
ज्यामी र घर (Laborer and house)
११५.आफ्ना दुबै लुला हातले आफ्नै गाला ठोक्छ । के हो ?उत्तर हेर्नुहोस्
डमरु (Damaru (small drum))
११६.आफ्नो घरमा भात पकाई, अरूको घरमा तिहुन चखाई। के हो ?उत्तर हेर्नुहोस्
आग्लो (Door bar)
११७.आमा आज मरी, छोरी भोलि जन्मी। के हो?उत्तर हेर्नुहोस्
घर छाएको (Roof thatching)
११८.आमाका पेटमा नानी नानीका पेटमा पानी। के हो?उत्तर हेर्नुहोस्
कुखुरा र अन्डा (Hen and egg)
११९.आमाको पेटमा छोरी चलिरहन्छे । के हो?उत्तर हेर्नुहोस्
ताला र साँचो (Lock and key)
१२०.आमाको कलेजो मुटु छोरी भिक्छे सुटुसुटु । के हो ?उत्तर हेर्नुहोस्
भात पस्केको (Serving rice)
१२१.आमा कुप्री कुप्री, छोरी भर्खरकी सुन्दरी। के हो?उत्तर हेर्नुहोस्
गुलाबको फूल (Rose flower)
१२२.आमा कोप्ची बोक्सी, छोरी सुकुमारी। के हो ?उत्तर हेर्नुहोस्
गुलाबको फूल (Rose flower)
१२३.आमाको नि मामा, मामाको नि मामा, मेरो नि मामा। के हो ?उत्तर हेर्नुहोस्
चन्द्रमा (Moon)
१२४.आमाको पेटमा नानी, नानीको पेटमा पानी। के हो ?उत्तर हेर्नुहोस्
रक्सी (Alcohol)
१२५.आमा खोला पारि जानु भा छ, ऊ आए आउनु हुन्न, ऊ नआए आउनुहुन्छ । के हो ?उत्तर हेर्नुहोस्
बाढी र मान्छे (Flood and person)
१२६.आमा गइन् चारा खोज्न, वाउ गए मेला, बाबिनाको छोरो जन्म्यो, आमा नभा'को बेला। के हो?उत्तर हेर्नुहोस्
कुमालकोटी (Potter's wheel)
१२७.आमा गइन् मेलापात, बाबु गए गाउँ, ढोकामा बसे लट्टे जोगी, आफू कता जाउँ। के हो ?उत्तर हेर्नुहोस्
ढोकामा ताला लगाएको (Locking the door)
१२८.आमा गर्भमा हुँदा छोरो छाता ओढाउने । के हो ?उत्तर हेर्नुहोस्
कर्कलो (Taro plant)
१२९.आमा छोरीलाई जिउ ढोग गर्छिन् । के हो?उत्तर हेर्नुहोस्
गाग्री र लोटा (Water pot and small water vessel)
१३०.आमा जगटे, बाबु फगटे, छोरी मिठाइ पापा। के हो ?उत्तर हेर्नुहोस्
कदुस (Chestnut)
१३१.आमा जगल्टे, छोरी पगल्टे, नाति मट्याङ्गे। के हो?उत्तर हेर्नुहोस्
केराउ (Pea)
१३२.आमा जगल्टे, बाबु खपटे, छोराछोरी मिठी पापा । के हो ?उत्तर हेर्नुहोस्
नरिवल (Coconut)
१३३.आमा जङ्गा, छोरी विजुड़गा, नातिनी खुलखुले, पनातिनी पिठुगे । के हो ?उत्तर हेर्नुहोस्
कटहर (Jackfruit)
१३४.आमा जरे बाबु लहरे, छोरो फुलफुले, नाति टुलटुले । के होउत्तर हेर्नुहोस्
फर्सी (Pumpkin)
१३५.आमा झिकिल्ली, छोरी कोरीवाटी । के हो ?उत्तर हेर्नुहोस्
कुरिलो (Asparagus)
१३६.आमा झुत्री, छोरी चुच्ची। के हो ?उत्तर हेर्नुहोस्
चुच्चे करेलो (Pointed gourd)
१३७.आमा झुन्डिई, छोरी हिंडी। के हो ?उत्तर हेर्नुहोस्
ताला र चाबी (Lock and key)
१३८.आमा कुप्री, छोरी कुप्री, नातिनी सलसलाउँदी । के हो ?उत्तर हेर्नुहोस्
गहत (Horse gram)
१३९.आमा छाछे, छोरी खान्छे। के हो ?उत्तर हेर्नुहोस्
पानी सारेको (Pouring water)
१४०.आमाबाबु उठेका, छोराछोरी सुतेका । के हो?उत्तर हेर्नुहोस्
लिस्नु, भन्याङ (Ladder, Stairs)
१४१.आमाबाबु दुबैको साझा पटुकी। के हो ?उत्तर हेर्नुहोस्
आग्लो (Door bar)
१४२.आमाबाबु दुवैको एउटै पटुकी। के हो ?उत्तर हेर्नुहोस्
आग्लो गजबार (Door bar)
१४३.आमा, वाबु गर्भमा, म जन्मिसकें। के हो ?उत्तर हेर्नुहोस्
केरा (Banana)
१४४.आमा बोक्सी, दिदी रिठ्ठीनी, बहिनी मिठी। के हो ?उत्तर हेर्नुहोस्
कटुस (Chestnut)
१४५.आमाभन्दा छोरी अग्ली। के हो?उत्तर हेर्नुहोस्
उरगल र लुसी (Pestle and mortar base)
१४६.आमाभन्दा छोरी कुइरी। के हो?उत्तर हेर्नुहोस्
चिचिन्डो (Snake gourd)
१४७.आमाभन्दा छोरी कुप्री के हो?उत्तर हेर्नुहोस्
निउरो (Fiddlehead fern)
१४८.आमाभन्दा छोरी चर्की। के हो ?उत्तर हेर्नुहोस्
खुर्सानी (Chili pepper)
१४९.आमाको रगतमा छारी पकाई खान्छु । के हो?उत्तर हेर्नुहोस्
तोरीको तेलमा तोरीकै साग पकाएको (Cooking mustard greens in mustard oil)
१५०.आमाभन्दा छोरी जान्ने। के हो ?उत्तर हेर्नुहोस्
खलको बच्चा (Grinding stone's pestle)
१५१.आमाभन्दा छोरी बोक्सी। के हो?उत्तर हेर्नुहोस्
खुर्सानी (Chili pepper)
१५२.आमाभित्र बच्चा छ, बच्चाभित्र अन्डा छ। के हो ?उत्तर हेर्नुहोस्
कटहर (Jackfruit)
१५३.आमामाथि छोरी छुनुमुनु खेल्ने। के हो ?उत्तर हेर्नुहोस्
मसला पिसेको (Grinding spices)
१५४.आमामाथि छोरी नाच्छे। के हो?उत्तर हेर्नुहोस्
सिलौटो र लोहोरो (Grinding stone and pestle)
१५५.आमामाथि छोरी लखरलखर। के हो?उत्तर हेर्नुहोस्
मसला पिसेको (Grinding spices)
१५६.आमालाई झुन्ड्याएर छाडी, छोरी चाहिँ नाच्दै हिंडी। के हो ?उत्तर हेर्नुहोस्
ताला र चावी (Lock and key)
१५७.आमा रूपैली, बाबु पाइलो, छोरी फुसी। के हो ?उत्तर हेर्नुहोस्
तिउरीको फूल (Balsam flower)
१५८.आयो नाठो छिरायो गाँठो, मलाई भइहाल्यो, ऊ गइहाल्यो । के हो ?उत्तर हेर्नुहोस्
चुरा लाएको (Wearing bangles)
१५९.आयो फुस्सै गयो फुस्सै। के हो ?उत्तर हेर्नुहोस्
अपानवायु पाद (Fart)
१६०.आयो भन्छन् देखिन्न, गयो भन्छन् भेटिन्न । के हो ?उत्तर हेर्नुहोस्
भुइँचालो (Earthquake)
१६१.आयो लाउरे पैसा खसाल्यो, ख्वातखुत लुगा फुकाल्यो, ल्वाम्म पसाल्यो । के हो ?उत्तर हेर्नुहोस्
केरा खाएको (Eating a banana)
१६२.आरमादीको सेरोफेरो पहेंलपुरे धान, चैतमास दुधे मकै के हो चलन। जान के हो ?उत्तर हेर्नुहोस्
सिमल (Silk cotton tree)
१६३.आरीभरि तितौरा एक ढिको नुन । के हो?उत्तर हेर्नुहोस्
तारा र जून (Stars and moon)
१६४.आलु भन्छन्, खान हुन्न, केही होइन, फेरि पनि हेप्न हुन्न । के हो ?उत्तर हेर्नुहोस्
सुन्ना (Zero / Nothing)
१६५.इउँ त इउँ, इउँ टिप्नेलाई सय रुपियाँ दिऊँ। के हो ?उत्तर हेर्नुहोस्
छायाँ चन्द्रमा (Shadow / Moon)
१६६.इलेविङ्गे तीन सिगे। के हो ?उत्तर हेर्नुहोस्
त्रिशूल (Trident)
१६७.इनारको पानी भुलभुलती आउने। के हो ?उत्तर हेर्नुहोस्
आँसु (Tears)
१६८.इन्ची मिची खुट्टाले पानी पिन्ची। के हो?उत्तर हेर्नुहोस्
धानको बोट (Rice plant)
१६९.इन्द्रिनी खोला छिन्द्रिनी पानी, वेताले बूढीको बौलाउने बानी । के हो ?उत्तर हेर्नुहोस्
पानीघट्ट (Water mill)
१७०.इलम खासै छैन केही, सधैंभरि घुम्छ, पानी पन्यो भने प्राणपखेरु उड्छ । के हो ?उत्तर हेर्नुहोस्
घडी (Clock/Watch)
१७१.इलिमिली इलिमिली सात रङको झिलीमिली। के हो ?उत्तर हेर्नुहोस्
इन्द्रेनी (Rainbow)
१७२.इल्सिङ मिल्सिङ काली गाईका तीन सिङ। के हो ?उत्तर हेर्नुहोस्
ओदान (Tripod cooking stand)
१७३.इत्रिके नानीको पित्रिके गाउँ, रक्त लिन नुवाकोट जाऊँ। के हो ?उत्तर हेर्नुहोस्
जुम्रा (Louse)
१७४.उँधो टिड्रिङ्ग, उँभो जिङ्गिङ्ग। के हो?उत्तर हेर्नुहोस्
गहुँको बोट (Wheat plant)
१७५.उँधोबाट हाँस आयो, एक पाँजो घाँस ल्यायो। के हो ?उत्तर हेर्नुहोस्
मूला (Radish)
१७६.उँधोमुन्टे धामी लुगलुगी कामी। के हो ?उत्तर हेर्नुहोस्
मदानी (Churning stick)
१७७.उँधो मुरली, उँभो जुरेली। के हो?उत्तर हेर्नुहोस्
गहुँ (Wheat)
१७८.उँधो लौरी उँभो चौरी। के हो?उत्तर हेर्नुहोस्
कर्कलो (Taro plant)
१७९.उँधो सुरुक्क उभी फुरुक्क। के हो?उत्तर हेर्नुहोस्
कोदाको बोट (Millet plant)
१८०.उँभो थली उँधो नली, यो कथा नजान्ने मेरो हली। के हो ?उत्तर हेर्नुहोस्
कर्कलो (Taro plant)
१८१.उँभोजी, उँधोजी, माझाँ जी, क्या हो जी। के हो ?उत्तर हेर्नुहोस्
दूध दुहेको (Milking)
१८२.उइँठोपुइँठो चामलको गुइँठो म्वाई खान जाँदा चिच्चाई उठ्यो। के हो ?उत्तर हेर्नुहोस्
शङ्ग (Conch shell)
१८३.उकालाँ तान्छ, ओराला धान्छ । के हो ?उत्तर हेर्नुहोस्
लौरो (Walking stick)
१८४.उकालो लाग्छ खुट्टा छैन, पानी पाए भुतुक्कै हुन्छ । के हो ?उत्तर हेर्नुहोस्
डढेलो (Forest fire)
१८५.उज्याली चरी आगोमा जली, पुच्छरले पानी खाँदै झलमल्ल बली । के हो ?उत्तर हेर्नुहोस्
टुकी/दियो (Oil lamp)
१८६.उदुरी बुदुरी कनिकाको पुटुरी। के हो?उत्तर हेर्नुहोस्
खनिउँ (Dioscorea (wild yam))
१८७.उरो न बुटुरो, कनिकाको कुटुरो । के हो ?उत्तर हेर्नुहोस्
खनिउँ (Dioscorea (wild yam))
१८८.उठे पनि उठेकै बसे पनि उठेकै । के हो?उत्तर हेर्नुहोस्
सिङ उम्मेदवार (Horn / Candidate)
१८९.उठे सगरसम्म बसे गजधम्म । के हो ?उत्तर हेर्नुहोस्
कुहिरो (Fog/Mist)
१९०.उठ्नेबित्तिकै मुसाका दुलामा हात । के हो ?उत्तर हेर्नुहोस्
लुगा लगाएको (Getting dressed)
१९१.उडन्ती, बुडन्ती, चुंडन्ती। के हो?उत्तर हेर्नुहोस्
चरो, माछो र चङ्गा (Bird, Fish, and Kite)
१९२.उडिरहन्छ, हिंडिरन्छ, हेर्दाखेरि देखिदैन, दौडे पनि भेटिदैन । के हो ?उत्तर हेर्नुहोस्
हावा (Air/Wind)
१९३.उड्छ उफ्रन्छ पर्दैन पेट्रोल हाल्न, दुई खुट्टा छन् जान्दैन पाइला चाल्न । के हो ?उत्तर हेर्नुहोस्
भँगेरा (Sparrow)
१९४.उड्छ चरो होइन, मन लाग्यो, त्यहीं बस्दैन। के हो ?उत्तर हेर्नुहोस्
हवाइजहाज (Airplane)
१९५.उड्छ चरो होइन, पुच्छर छ जनावर होइन । के हो ?उत्तर हेर्नुहोस्
चङ्गा (Kite)
१९६.उड्छ भुवा होइन, बोल्छ चील होइन । के हो ?उत्तर हेर्नुहोस्
हवाइजहाज (Airplane)
१९७.उपत्यकामा लडाइँ पन्यो बमगोली बसें, ताता गोली काखमा पर्दा केटाकेटी तसें। के हो?उत्तर हेर्नुहोस्
मकै भुटेको (Popping popcorn)
१९८.उफ्रन्चरी, पुच्छर छैन थ्याच्चै परी उफ्री उफ्री हिँड्छ बाँदर होइन, रगत रगरग घुम्छ जुम्रा होइन। के हो ?उत्तर हेर्नुहोस्
उपियाँ (Flea)
१९९.उभिन्डे ठेकीमा लतलते दही। के हो?उत्तर हेर्नुहोस्
सिँगान (Snot/Mucus)
२००.उभिन्छु म दुई खुट्टाले हिँड्न चाहिँ हुन्न, कुटुकुटु खाने गर्छ निल्न चाहिँ हुन्न । के हो ?उत्तर हेर्नुहोस्
चुलेंसी (Traditional vegetable cutter)