गाउँखाने कथा उत्तरसहित – पृष्ठ ९ / ११
पृष्ठ ९ / ११
८०१.जति बाँड्यो, उति बढ्ने। के हो?उत्तर हेर्नुहोस्
ज्ञान/विद्या (Knowledge/Education)
८०२.जति बाहिर फाल्छ, उति भित्र जान्छ। के हो?उत्तर हेर्नुहोस्
काठ छेड्ने वर्मा (Drill/Auger)
८०३.जति मासु खान्छ, उति खिनौरे हुन्छ । के हो ?उत्तर हेर्नुहोस्
अचानो (Chopping block)
८०४.जति मासु खान्छ, उति मर्न आँट्छ। के हो ?उत्तर हेर्नुहोस्
अचानो (Chopping block)
८०५.जत्ति मासु खान्छ, त्यत्ति दुब्लाउँदै जान्छ । के हो ?उत्तर हेर्नुहोस्
अचानो (Chopping block)
८०६.जतिपटक काटेपनि मर्ने कहिल्यै होईन, काटेपनि मानि; लाई नभई ह'न्न । के हो ?उत्तर हेर्नुहोस्
नङ (Nail (finger/toe))
८०७.जति म्वाइँ खायो, उति कराउने। के हो ?उत्तर हेर्नुहोस्
शङ्ग फुकेको (Blowing a conch shell)
८०८.जति लात्तो खाए पनि कत्ति डराउदैन, लात्तो हान्ने थाके पनि ऊ त थाक्ने होइन। के हो?उत्तर हेर्नुहोस्
भकुन्डो फुटवल (Ball / Football)
८०९.जति हाल्यो उति खरानी। के हो?उत्तर हेर्नुहोस्
आगो बालेको (Burning fire)
८१०.जति हेर तिमी उसलाई त्यति उसले हेर्छ, नहेर्नु है भने पनि कहाँ उसले टेर्छ । के हो ?उत्तर हेर्नुहोस्
तस्विर (Picture/Photograph)
८११.जत्तिको तत्ति, तत्तिको आधा, आधाको पनि आधा, एक जोडी सय। के हो ?उत्तर हेर्नुहोस्
छत्तीस (Thirty-six (numerical riddle))
८१२.जत्रो ठेकी, उत्रै बिकों। के हो?उत्तर हेर्नुहोस्
जाँतो (Grinding stone)
८१३.जत्रो भाँडो उत्रै बिर्को। के हो?उत्तर हेर्नुहोस्
पृथ्वी र आकाश (Earth and Sky)
८१४.जान्छ जान्छ, पानी देखी डराउछ । के हो ?उत्तर हेर्नुहोस्
जुत्ता (Shoes)
८१५.जन्ती आई रातभर आँगनमा पर्खे, बेलाबेहुली नपाएर रित्तै हात फर्के। के हो ?उत्तर हेर्नुहोस्
आकाश र तारा (Sky and Stars)
८१६.जन्तीको माझमा बेहुलीको ढलीमली। के हो ?उत्तर हेर्नुहोस्
जिब्रो (Tongue)
८१७.जन्म घर जल मेरो, कर्म घर थल, सेवा गर्छु मानिसको प्रति पलपल । के हो ?उत्तर हेर्नुहोस्
बिजुलीबत्ती (Electricity)
८१८.जन्मदाखेरि एकदम ठूलो हुन्छ, मस्त जवानीमा सानो हुन्छ, फेरि त्यो मर्ने अवस्थामा फेरि ठूलो हुन्छ। के हो ?उत्तर हेर्नुहोस्
छायाँ (Shadow)
८१९.जन्मदाखेरि भुत्लै भुत्ला, ठूलो हुँदा खरानीका कत्ला । के हो ?उत्तर हेर्नुहोस्
कुभिन्डो (Ash gourd)
८२०.जन्मदा भुत्लै भुत्ला, ठूलो भएपछि कत्लैकत्ला । के हो ?उत्तर हेर्नुहोस्
भिन्डो (Ash gourd)
८२१.जन्मदा जत्रों, मर्दा पनि त्यत्रै। के हो ?उत्तर हेर्नुहोस्
आँखाको नानी (Pupil of the eye)
८२२.जन्मदा ठूलो हुन्छ, पछिपछि सानो हुँदै जान्छ । के हो ?उत्तर हेर्नुहोस्
कुचो (Broom)
८२३.जन्मदा ठूलो, मर्दा सानो। के हो?उत्तर हेर्नुहोस्
साबुन (Soap)
८२४.जन्मदै सेतो जुंगा। के हो?उत्तर हेर्नुहोस्
मकैको जुगा (Corn silk)
८२५.जन्मन्छ वनमा त्यो मिल्छ धनमा रुन्छ बरा बाहिरै परी, तस्विर छैन खालि पगरी, खुट्टा छन् वरिपरि, बस्ने बेला थुचुक्क, हिँड्दा चाहिँ घोडा चढी। के हो?उत्तर हेर्नुहोस्
डोको (Doko (carrying basket))
८२६.जन्म्यो कि आमालाई नै खान्छ । के हो ?उत्तर हेर्नुहोस्
माक्रो (Spider?)
८२७.जन्म्यो- हुक्यों नाङ्गाको नाङ्गै बूढाबाको ढाड बाङ्गाको बाङ्गै । के हो ?उत्तर हेर्नुहोस्
बाँस (Bamboo)
८२८.जमिनमा घस्री हिँड्ने अनौठो छ जीव त्यसको माला लागाउँछन् शिव । के हो ?उत्तर हेर्नुहोस्
सर्प (Snake)
८२९.जमिनमा पनि जान्छ, बुटामा पनि चढ्छ, तर पानीमा जाँदैन । के हो ?उत्तर हेर्नुहोस्
आगो (Fire)
८३०.जरायो खरायो पानीदेखि डरायो। के हो ?उत्तर हेर्नुहोस्
जुत्ता (Shoes)
८३१.जरा सधैं माथि पारी टुप्पो तल भारी, झुन्डिएर बस्छे सधैं, नक्कल पाछें काली । के हो?उत्तर हेर्नुहोस्
चुल्ठो कपालको चुल्ठो (Hair braid)
८३२.जल छ, तलाउ छ, पानी छ, पिउनु नाई। के हो ?उत्तर हेर्नुहोस्
हिउँ (Snow/Ice)
८३३.जलको जन्म थलको बास, त्यो नभए हुन्छ उपवास के हो ?उत्तर हेर्नुहोस्
नुन (Salt)
८३४.जलमा बस्छ, जलेवा होइन, पीठो खान्छ मानिस होइन । के हो ?उत्तर हेर्नुहोस्
पानीघट्ट (Water mill)
८३५.जलैजल छ आमाको पेटभरि, उनीमुनि बस्ने म हुँ गोलो पगरी। के हो ?उत्तर हेर्नुहोस्
बियाँ (Seed)
८३६.जसको हात पनि छैन, खुट्टा पनि छैन, खाँदै हिंड्दै छ । के हो ?उत्तर हेर्नुहोस्
डढेलो (Forest fire)
८३७.जसलाई भन्छन् सबै भन्दा ठुलो हतियार, ज्ञानीहरु गर्छन त्यलाई प्यार। के हो ?उत्तर हेर्नुहोस्
कलम (Pen)
८३८.जहिले पनि मानिसभन्दा एक पाइला अघि हिँड्ने। के हो ?उत्तर हेर्नुहोस्
लौरो (Walking stick)
८३९.जस्तो ओइरो, उस्तै पहिरो। के हो?उत्तर हेर्नुहोस्
फोटोकपी मेसिन (Photocopy machine)
८४०.जाँदाखेरि मसँगै हिँड्थ्यो, तर फर्किंदा त्यो फर्केन । के हो ?उत्तर हेर्नुहोस्
मन्दिरमा लगेर पाठो काटेको (Sacrificing a goat at a temple)
८४१.जाँदाजाँदै माथि पुग्छु, उड्दा उड्दै धर्ती सिंच्छु। के हो ?उत्तर हेर्नुहोस्
वादल (Cloud)
८४२.जाँदा पनि उकालो, आउँदा पनि उकालो के हो?उत्तर हेर्नुहोस्
कालो मान्छे (Dark person / Shadow)
८४३.जाँदा फुस्रो, आउँदा चिल्लो। के हो ?उत्तर हेर्नुहोस्
गाग्री (Water pot (Gagri))
८४४.जाँदा भोकै जान्छ, आउँदा अघाएर आउँछ । के हो ?उत्तर हेर्नुहोस्
गाग्री (Water pot (Gagri))
८४५.जाँदा सेप्रो आउँदा भुक्क। के हो?उत्तर हेर्नुहोस्
पुरी पकाएको (Making Puri)
८४६.जाँदा सेतो न्वाएर आउँदा रातो। के हो?उत्तर हेर्नुहोस्
सेलरोटी पकाएको (Making Selroti)
८४७.जाडामा नाङ्गै बस्ने, गर्मीमा सिरक ओढ्ने। के हो?उत्तर हेर्नुहोस्
हिमाल (Mountain (snow))
८४८.जाडोभरि छैन काम, गमर्मी वर्षा संगै जाम्। के हो ?उत्तर हेर्नुहोस्
छाता (Umbrella)
८४९.जाडोमा प्यारो गर्मीमा घाडो, निक्कै टाढा बस्नेको नाउ भन्देऊ चाडो । के हो?उत्तर हेर्नुहोस्
सूर्यको घाम (Sunlight)
८५०.जाडो भए एउटै डल्लो गर्मीले बन्ने पानी, यो चिज खाए बन्छ बलवान वानी । के हो ?उत्तर हेर्नुहोस्
घ्यू (Ghee (clarified butter))
८५१.जान त जानु धर्तीमा जानु, खान्छ कि राख्छ म कसरी जानूँ । के हो ?उत्तर हेर्नुहोस्
आलु/पिंडालु (Potato/Yam)
८५२.जान सक्छ, आउन सक्दैन। के हो?उत्तर हेर्नुहोस्
खोलो (River)
८५३.जाने जान नजाने नजान, दुईजना सुत्दा बाइसवटा कान । के हो ?उत्तर हेर्नुहोस्
रावण र मन्दोदरी (Ravana and Mandodari)
८५४.जान्छ जान्छ, किलो ठोकेर आउँछ। के हो?उत्तर हेर्नुहोस्
दिसा गरेको (Defecating)
८५५.जान्छ जान्छ, पानी देखी डराउँछ । के हो?उत्तर हेर्नुहोस्
जुत्ता (Shoes)
८५६.जान्छ जान्छ, फर्कन मान्दैन जान्दैन । के हो ?उत्तर हेर्नुहोस्
ढुङ्गा फालेको (Throwing a stone)
८५७.जान्छ, दगुर्छ बेसरी फर्कन जान्दैन। के हो?उत्तर हेर्नुहोस्
खोलो नदी (River)
८५८.जन्मदा ठूलो मर्दा सानो। के हो?उत्तर हेर्नुहोस्
कुचो (Broom)
८५९.जिम्दोमा रातै पनि तातै पनि मरेपछि कालै मात्र। के हो ?उत्तर हेर्नुहोस्
आगो र अँगार (Fire and Ember)
८६०.जिरो हाल, पीरो हाल मलाई नहाली हुँदैन । के हो ?उत्तर हेर्नुहोस्
नुन (Salt)
८६१.जीउभन्दा टाउको ठूलो हिँड्न लागे छुट्टी लुलो । के हो ?उत्तर हेर्नुहोस्
काँटी (Nail (metal))
८६२.जीउभरि काँडा छन् अचम्मको जीव, खान खोजे मौसममा तीतो हुन्छ खुप । के हो?उत्तर हेर्नुहोस्
तीतेकरेला (Bitter gourd)
८६३.जीउभरि काँडैकांडा, ओडारमा वस्ने, दिनमा बाहिर निस्कदैन, रातभरि डुल्ने । के हो ?उत्तर हेर्नुहोस्
दुम्सी (Porcupine)
८६४.जीउभरि नसो, गालाभरि मौसो। के हो?उत्तर हेर्नुहोस्
मादल (Madal (drum))
८६५.जीउभरि खैरउँ भालु होइन, हातखुट्टा चलाउँछ स्याल होइन, बच्चा च्यापी हिँड्छ मान्छे होइन, रूखमा चढ्छ विरालो होइन। के हो?उत्तर हेर्नुहोस्
बाँदर (Monkey)
८६६.जुगा छ मुख छैन, लुगा लगाउँछ मान्छे होइन । के हो ?उत्तर हेर्नुहोस्
मकैको घोगा (Corn cob)
८६७.जुंगा तान्दा मुसुक्क हाँस्ने। के हो?उत्तर हेर्नुहोस्
थैली (Bag/Purse)
८६८.जुंगा तान्दा मुसुक्क हाँस्ने, अरू बेला गुठुरी गाँस्ने । के हो ?उत्तर हेर्नुहोस्
थैली (Bag/Purse)
८६९.जुंगा लुछी लुगा च्याती धनगडी लियो, छातीबाट मोतीका दाना चुंडाइदियो । के हो?उत्तर हेर्नुहोस्
घोगा नयाई मकै छोडाएको (Shelling corn from the cob)
८७०.जुगे मामाका दाँत लामा, जङ्गल घुम्छन् छेउकुना। के हो ?उत्तर हेर्नुहोस्
वाघ (Tiger)
८७१.जुरो बाँध्ने मेरो तीन अक्षरको नाम, पहिलो अक्षर हटाए बाघ भालुको स्थान । के हो?उत्तर हेर्नुहोस्
रिवन (Ribbon ('ban' means forest))
८७२.जे देख्यो, त्यही बन्छ। के हो?उत्तर हेर्नुहोस्
ऐना (Mirror)
८७३.जोईपोइको एउटै आँखा। के हो?उत्तर हेर्नुहोस्
पुरानो ढोका (Old door (with one peephole/bar))
८७४.जोईपोइको एउटै पेटी। के हो?उत्तर हेर्नुहोस्
तगारो र गरालो (Door bar and its hole)
८७५.ज्यामिरे चुक, जानलाई दुख। के हो ?उत्तर हेर्नुहोस्
औंसीको रात (New moon night (dark))
८७६.झक्कले बोकाको नक्कले कान, लौलौ बूढा बल गरी तान् । के हो ?उत्तर हेर्नुहोस्
मूला उखेलेको (Uprooting a radish)
८७७.झपक्क रानी, फेदैमा पानी, नपाए पानी जिन्दगानी जानी । के हो ?उत्तर हेर्नुहोस्
धानको बोट (Rice plant)
८७८.झरजस्तै उम्रन्छ बारीमा लगाई, मङ्गल हुने काममा राख्छन् सजाई। के हो ?उत्तर हेर्नुहोस्
कुश (Kush grass)
८७९.झरिल्लो बकुल्लाको पेटै तल अंधेरी। के हो ?उत्तर हेर्नुहोस्
बत्तीमुनीको जमिन (Ground beneath a lamp)
८८०.झिमिक्क आँखा झिम्क्यायो कि त भित्र सबै निम्त्यायो । के हो ?उत्तर हेर्नुहोस्
क्यामरा (Camera)
८८१.झुत्री बूढी बिहान उठेर लुटुपुटु गर्छ। के हो?उत्तर हेर्नुहोस्
पोतेको / पोतो (Plastering with mud/dung)
८८२.झुत्रे झाम्रे चिल, सग्लो मान्छे सुलुक्क निल। के हो ?उत्तर हेर्नुहोस्
मेक्सी (Maxi dress)
८८३.झुत्री बूढी चुलाचुला नाच्छे। के हो ?उत्तर हेर्नुहोस्
पोतो (Mud/dung plaster ball)
८८४.झुटो भनूँ झलझली देखिन्छ, साँचो भनूँ पाउन सकिन्न के हो ?उत्तर हेर्नुहोस्
सपना (Dream)
८८५.झुसिल्किराको मिठो फल। के हो?उत्तर हेर्नुहोस्
लिची (Lychee)
८८६.झन् पर जान्छे, झन् आँखा तर्छ। के हो?उत्तर हेर्नुहोस्
डोको (Doko (carrying basket))
८८७.झोलमाथि दुना, दुनामाथि चोक्टा। के हो?उत्तर हेर्नुहोस्
डुङ्गा चढेका मान्छे (People in a boat)
८८८.झोलामा अटाउने, ढोकामा नअटाउने। के हो?उत्तर हेर्नुहोस्
छाता (Umbrella)
८८९.भ्याइँकुटी भ्याईकुटी झ्याई, जाँदा बस्ने लोग्नेमान्छे आउँदा वस्ने आइमाई। के हो?उत्तर हेर्नुहोस्
डोली (Palanquin)
८९०.झ्याल ढोका केही छैन एककोठे घरको, त्यस घरको आवाजले रनवन थक्यों। के हो?उत्तर हेर्नुहोस्
मादल (Madal (drum))
८९१.भ्याल न ढोका भित्र काले कामी बसेको के हो?उत्तर हेर्नुहोस्
रिड्डो (Soapnut)
८९२.झ्वाट्ट तान्दा निकै दुख्ने, च्वाट्ट काट्दा दुख्दै नदुख्ने । के हो ?उत्तर हेर्नुहोस्
कपाल (Hair)
८९३.टकटक गर्दै हिड्छन् घरभित्र ३ भाई, सबैलाई सचेत गर्छन समय जनाई। के हो?उत्तर हेर्नुहोस्
घडी (Clock)
८९४.टाउकामा छ फुर्के टोपी, पिठ्यूँमा छ जुंगा, लुगा खोले दानादाना टल्किदिन्छ मुगा। के हो?उत्तर हेर्नुहोस्
मकैको बोट र घोगा (Corn plant and cob)
८९५.टाउको चिरेको, पुच्छर बेरेको। के हो?उत्तर हेर्नुहोस्
पेचकीला (Screw)
८९६.टाउको छ, गिदी छैन। के हो?उत्तर हेर्नुहोस्
काँटी (Nail (metal))
८९७.टाउको छ, तर सोच्दैन। के हो?उत्तर हेर्नुहोस्
कलम (Pen)
८९८.टाउको छ, पुच्छर छ, खुट्टा छैन, आँखा छ, पेट छ, कान छैन । के हो ?उत्तर हेर्नुहोस्
सर्प (Snake)
८९९.टाउको छैन, पुच्छर छ, दुई खुट्टा छन्, काम ठूलो गर्छ । के हो ?उत्तर हेर्नुहोस्
चुलेंसी (Traditional vegetable cutter)
९००.टाउको छोटो पुच्छर लामो, घोडसवारको हातको तानो के हो ?उत्तर हेर्नुहोस्
कोरां (Whip?)