गाउँखाने कथा उत्तरसहित – पृष्ठ ८ / ११

पृष्ठ ८ / ११

  1. ७०१.चौर्छ चोर होइन, गुफामा बस्छ वाघ होइन, पुलिसले लखेट्छ मान्छे होइन । के हो ?उत्तर हेर्नुहोस्

    मुसो (Mouse/Rat)

  2. ७०२.चौपाया त चौपाया, चारखुट्टे पुच्छर नभएको चौपाया । के हो ?उत्तर हेर्नुहोस्

    भ्यागुतो (Frog)

  3. ७०३.चौरासी वेन्जनको खानपान, दुईजना बस्दा बाइसवटा कान । के हो ?उत्तर हेर्नुहोस्

    रावण र मन्दोदरी (Ravana and Mandodari)

  4. ७०४.च्याउसीका के मा दुईवटा रौं। के हो ?उत्तर हेर्नुहोस्

    सियो र धागो (Needle and thread)

  5. ७०५.च्याउसीको पुच्छरमा दुईवटा रौं। के हो ?उत्तर हेर्नुहोस्

    सियो र धागो (Needle and thread)

  6. ७०६.चौवाको पानी, रेसुङ्गाको खेत, पाँच भाइ बाउसे, एउटा हलाले मेट । के हो ?उत्तर हेर्नुहोस्

    लेखेको (Writing)

  7. ७०७.च्याउसीको नाकमा घाउ के हो ?उत्तर हेर्नुहोस्

    सियोको नाथ्री (Eye of a needle)

  8. ७०८.च्यान्टे भुन्टे कलुवाको वनमै छ वास, जतिखेर पनि रगतकै आस । के हो ?उत्तर हेर्नुहोस्

    जुम्रा (Louse)

  9. ७०९.च्याप्प समाई भुइँमा पसारी, सल्याङमल्याङ पार्दा धुलोमैलो थुपारी । के हो ?उत्तर हेर्नुहोस्

    कुचो लगाएको (Sweeping)

  10. ७१०.छ आ आ, म केही गर्न सक्दिन, बस खाजा । के हो ?उत्तर हेर्नुहोस्

    डिंगा र किरना (Boat and ??)

  11. ७११.छ ऊ संसार उज्यालो छैन ऊ दिउँसै अँध्यारो। के हो ?उत्तर हेर्नुहोस्

    सूर्य (Sun)

  12. ७१२.छ कान, चार सिङ, दस पाउ, मुख चार, बिना जिब्रो रस चुसी ल्यायो खाऊ अनि गर विचार के हो ?उत्तर हेर्नुहोस्

    गोठालो, गाई, बाच्छी, गबुवा र दूध (Herder, Cow, Calf, Milk pail, and Milk)

  13. ७१३.छ कान, दुई पुच्छर, दस गोडा, मुख चार, जुन मुखमा जिभ्रो छैन, उसैले लियो दूधको स्वाद। के हो ?उत्तर हेर्नुहोस्

    दूध दुहेको (Milking)

  14. ७१४.छ कान, दोन पुछडी, दस गोडा, मुख चार क्या हो पण्डित गर विचार ?उत्तर हेर्नुहोस्

    दूध दुहेको (Milking)

  15. ७१५.छकालैमा उठी छोरीलाई ढोगिदिने। के हो?उत्तर हेर्नुहोस्

    गाग्रो र लोटा (Water pot and small vessel)

  16. ७१६.छ छ पैसा भन्छ, तर पैसा होइन। के हो ?उत्तर हेर्नुहोस्

    रेल (Train)

  17. ७१७.छ जोगी वा र बाहुन, तीन लॉका उखु सिङ्गासिङ्गै खाऊन् । के हो ?उत्तर हेर्नुहोस्

    बाबु, बाहुन र जोगी (Father, Brahmin, and Yogi)

  18. ७१८.छद छद बराजु म अघि जाऊँ, त्यसको मुन्टो निमोठेर खाऊँ । के हो ?उत्तर हेर्नुहोस्

    ढिंडो खाएको (Eating Dhindo (thick porridge))

  19. ७१९.छड छड् बूढाबूढी, म अघि जान्छु। के हो?उत्तर हेर्नुहोस्

    लौरो (Walking stick)

  20. ७२०.छड् बूढी मै ख्वास। के हो ?उत्तर हेर्नुहोस्

    जुत्ता लगाएको (Wearing shoes)

  21. ७२१.छंदा पनि छ, हुँदा पनि हो, खोज्दाखेरि पाइन्न चाहिँदा पनि चाहिन्न । के हो ?उत्तर हेर्नुहोस्

    भुइँचालो (Earthquake)

  22. ७२२.छर्छन् त्यो ओइरो, निस्कन्छ सुइरो, तीन महिनामा वीर भयो, ढाडैमा गर्भ लियो, शिरैमा चंवर लियो, घाँस दाउरा अन्नै भयो। के हो ?उत्तर हेर्नुहोस्

    मकै (Corn)

  23. ७२३.छन पनि छ, हुन पनि हो, खोज्दा पनि पाइदैन, चाहिँदा पनि चाहिदैन । के हो ?उत्तर हेर्नुहोस्

    भुइँचालो (Earthquake)

  24. ७२४.छन पनि छ ह'न पनि हो, दृख्न पनि देखिदैन, नभई पनि ह'दैन के हो ?उत्तर हेर्नुहोस्

    हावा (Air/Wind)

  25. ७२५.छन छन बज्दा बाजा होईन लगाउने चीज हो, औंठी होईन गोलो छ रिंग पनि होईन। के हो ?उत्तर हेर्नुहोस्

    चूरा (Bangle)

  26. ७२६.छपन्न देशमा दस नान्चछन् एक देशमा थिचे आकाश सर्छ, सेतो भुईंमा मास छर्छ। के हो?उत्तर हेर्नुहोस्

    टाईपराइटर (Typewriter)

  27. ७२७.छपरकाईं छपरकाईं छपरकाईंको पुच्छर नाईं। के हो ?उत्तर हेर्नुहोस्

    भ्यागुतो (Frog)

  28. ७२८.छ भाईको एउटै टाउको। के हो ?उत्तर हेर्नुहोस्

    मकैको झोली (Bundle of corn cobs)

  29. ७२९.छ भाईको एउटै टुप्पी। के हो ?उत्तर हेर्नुहोस्

    मकैको झोली (Bundle of corn cobs)

  30. ७३०.छयों मुसुरो उम्यों धतुरो फुल्यो केराउ पाक्यो केरा। के हो ?उत्तर हेर्नुहोस्

    भेन्टा (Eggplant/Brinjal)

  31. ७३१.छाडे टारी बटारे पिउरी। के हो ?उत्तर हेर्नुहोस्

    पात्रो (Calendar/Almanac)

  32. ७३२.छाताको आकार सियाको खिल, औंलाले थिच्ता भित्तमा मिल। के हो ?उत्तर हेर्नुहोस्

    थमपिन (Thumbtack)

  33. ७३३.छाताको डण्डी, अंग्रेजी चार। के हो ?उत्तर हेर्नुहोस्

    डण्डीफोर (Acne/Pimple ('F' shape))

  34. ७३४.छानामाथि हुँडा काटेको। के हो?उत्तर हेर्नुहोस्

    केराको पात (Banana leaf)

  35. ७३५.छानामा बे को खरानी खसेको। के हो ?उत्तर हेर्नुहोस्

    भिण्डो (Ash gourd)

  36. ७३६.छाम्दा सिंगान जस्तो ल्यार्र हेर्दा कालीगेडीको माला । के हो ?उत्तर हेर्नुहोस्

    भ्यागुताको फुल (Frogspawn)

  37. ७३७.छाना छ घर होईन, बोक्न सकिन्छ भारी होईन। के हो ?उत्तर हेर्नुहोस्

    छाता (Umbrella)

  38. ७३८.छानो रुभ्‌यो भीर पाखा भिज्यो भाँडो भने भरिदैन त्यसलाई कस्ले चिन्यो। के हो ?उत्तर हेर्नुहोस्

    शीत (Dew)

  39. ७३९.छाला काट्दा दाँत आउने। के हो ?उत्तर हेर्नुहोस्

    पेन्सिल, सिसाकलम (Pencil)

  40. ७४०.छालाको ठेकी, काठको उजिन्नो। के हो ?उत्तर हेर्नुहोस्

    निबुवा, फर्सी (Lemon, Pumpkin)

  41. ७४१.छालाको बन्दुक हावाको गोली, भुईतिर हान्दा नाकमै टोली । के हो ?उत्तर हेर्नुहोस्

    पादेको (Farting)

  42. ७४२.छाला ताछे दाँत पलाउने। के हो ?उत्तर हेर्नुहोस्

    सिसाकलम (Pencil)

  43. ७४३.छाला काँडा त्यभित्र मासु, मासु भित्र जाली, जालीभित्र दुईपत्रे गुदी । के हो ?उत्तर हेर्नुहोस्

    इस्कुस (Chayote)

  44. ७४४.छालाले मुढो काटी। के हो?उत्तर हेर्नुहोस्

    दिसा गरेको (Defecating)

  45. ७४५.छिन्द्रिङ खुट्टी छ्यानाना, टुप्पी समाई तान न । के हो ?उत्तर हेर्नुहोस्

    तराजु (Balance scale)

  46. ७४६.छिपछिपे पानीमा भुकभुके रोटी। के हो ?उत्तर हेर्नुहोस्

    महको चाका (Honeycomb)

  47. ७४७.छिपछिपे पानीमा मुढो लडेको । के हो ?उत्तर हेर्नुहोस्

    जिब्रो (Tongue)

  48. ७४८.छिलिंडे धोतीमा जुम्रा। के हो?उत्तर हेर्नुहोस्

    जालमा परेको माछा (Fish caught in a net)

  49. ७४९.हुँदा पोल्ने, खाँदा पोस्ने । के हो?उत्तर हेर्नुहोस्

    सिस्नो (Nettle)

  50. ७५०.छुट्टाछुट्टै ठाम्, छुट्टै काम, रूप उस्तै छुट्टाछुट्टै नाम के हो ?उत्तर हेर्नुहोस्

    रौ (Hair (body/head etc.))

  51. ७५१.छुपुक्क छ'वाई, हातखुट्टा छदै छन्, पुच्छर भने नाईं। के हो ?उत्तर हेर्नुहोस्

    भ्यागुतो (Frog)

  52. ७५२.छुनुमुनु छुनुमुनु न्याँक्क । के हो?उत्तर हेर्नुहोस्

    जुठो लोटाएको (Rolling leftover food)

  53. ७५३.छुटुपुटु छुटुपुटु कुना घोस्याक् । के हो ?उत्तर हेर्नुहोस्

    कुचो लगाएको (Sweeping)

  54. ७५४.छुम् भने छुन सकिन्न, दाम् भने दाउन सकिन्न, बेतको लौरी टेक्न सकिन्न । के हो?उत्तर हेर्नुहोस्

    आगो, बाघ, सर्प (Fire, Tiger, Snake)

  55. ७५५.छैन र पो दिन्छु, भए किन दिन्थें। के हो ?उत्तर हेर्नुहोस्

    लिडे वस्तु र डाँस (Hornless animal and Mosquito)

  56. ७५६.छोए टट्टाउने, खाए कोक्याउने, छाता ओडी बारीमा मोती टल्काउने । के हो ?उत्तर हेर्नुहोस्

    कर्कलो (Taro plant)

  57. ७५७.छोटोमोटो चार अंगुलको वरिपरि रौं उम्रया। के हो ?उत्तर हेर्नुहोस्

    जाँको बालो (Grinding stone's handle)

  58. ७५८.छोटो-मोटो जीउ पुच्छर अलि लामो, घोडचढीका हातको तिरमिर पार्ने चिनो। के हो ?उत्तर हेर्नुहोस्

    कोररा (Whip)

  59. ७५९.छोड्-छोड् बूढा म अघि जान्छु। के हो?उत्तर हेर्नुहोस्

    लौरो (Walking stick)

  60. ७६०.छोरी कुट्छे आमा रुन्छे। के हो?उत्तर हेर्नुहोस्

    लोहोरो र सिलौटो (Pestle and grinding stone)

  61. ७६१.छोराछोरी बाहिर, बाआमा भित्र। के हो ?उत्तर हेर्नुहोस्

    लिखा र जुम्रा (Nit and Louse)

  62. ७६२.छोरी माथि आमा तल के हो ?उत्तर हेर्नुहोस्

    खल र बच्चा (Mortar and pestle)

  63. ७६३.छोरो गर्भमा छँदा बाबु छाता ओढाउने । के हो ?उत्तर हेर्नुहोस्

    कर्कलो (Taro plant)

  64. ७६४.छोरो गालामा हिर्काउने, आमा डाँडै थर्काउने । के हो ?उत्तर हेर्नुहोस्

    घन्टा (Bell)

  65. ७६५.छोरो छ महिनाको, बाबु तीन महिनाको । के हो ?उत्तर हेर्नुहोस्

    च्वाँचे (Bat)

  66. ७६६.छोरो हान्ने आमा रुने। के हो?उत्तर हेर्नुहोस्

    घन्टा (Bell)

  67. ७६७.जग मेरो तराई, गारो पहाडको छानो सफा हिमाल छ मेरो शरीरको । के हो ?उत्तर हेर्नुहोस्

    नेपाल (Nepal)

  68. ७६८.जङ्गल छैन हात्ती छ, रानी छैन राजा छ। के हो?उत्तर हेर्नुहोस्

    हजारको नोट (Thousand rupee note)

  69. ७६९.जङ्गलबाट भेडी ल्याई नडरीमा पूजा। के हो ?उत्तर हेर्नुहोस्

    जुम्रा मारेको (Killing a louse)

  70. ७७०.जङ्गलमा जन्मे हुर्के, जङ्गलमै मरें, मरेपछि काटी ताछी पानीभित्र गाडिए । के हो ?उत्तर हेर्नुहोस्

    डुङ्गा (Boat)

  71. ७७१.जङ्गलमा बसीबसी खान्छ रातो पानी, मानिसले देखे भने नानी, जान्छ जिन्दगानी। के हो?उत्तर हेर्नुहोस्

    जुम्रो (Louse)

  72. ७७२.जङ्गली हुँ म, बसाइ छ भीरको तामाको ठेकीमा फलामको विर्को। के हो ?उत्तर हेर्नुहोस्

    भलायो (Marking nut tree (Bhalayo))

  73. ७७३.जटे जोगी रूखमा अडी, तीन आँखा छोप्छ ध्यानमा गडी । के हो ?उत्तर हेर्नुहोस्

    नरिवल (Coconut)

  74. ७७४.जता गए पनि पटुकै ओछ्याएको । के हो?उत्तर हेर्नुहोस्

    बाटो (Road/Path)

  75. ७७५.जता जान्छन् मेरो उनि उतै तिर देख्छस्। के हो ?उत्तर हेर्नुहोस्

    छाया (Shadow)

  76. ७७६.जता पर्यो ओराली, उतै मन बराली। के हो?उत्तर हेर्नुहोस्

    पानी (Water)

  77. ७७७.जता रोटी उतै मुख। के हो ?उत्तर हेर्नुहोस्

    सूर्यमुखी फूल (Sunflower)

  78. ७७८.जताजता हलो, उताउता चल्यो। के हो ?उत्तर हेर्नुहोस्

    कार्बनपेपर (Carbon paper)

  79. ७७९.जतासुकै लुके पनि खोजि खोजि ल्याई, तरकारी बनाएर मानिसले खाई के हो। के हो?उत्तर हेर्नुहोस्

    प्याज (Onion)

  80. ७८०.जति अँध्यारो, उत्ति चहकिलो के हो ?उत्तर हेर्नुहोस्

    चन्द्रमा (Moon)

  81. ७८१.जति काट्‌यो उति लामो के हो ?उत्तर हेर्नुहोस्

    बाटो (Road/Path)

  82. ७८२.जति कुल्च्यो उति टाउको उठाउने। के हो?उत्तर हेर्नुहोस्

    ढिकी (Traditional rice pounder)

  83. ७८३.जति खच्यों धन, उति बढ्छ झन् । के हो ?उत्तर हेर्नुहोस्

    विद्या (Knowledge/Education)

  84. ७८४.जति खाए पनि नअघाउने। के हो ?उत्तर हेर्नुहोस्

    कोल (Oil press)

  85. ७८५.जति खान्छ उति हान्छ । के हो ?उत्तर हेर्नुहोस्

    खोलो (River)

  86. ७८६.जति खायो उति ओकल्न लायो, मुख जोती काम बनायो। के हो ?उत्तर हेर्नुहोस्

    लेखेको (Writing)

  87. ७८७.जति घिउ खाए पनि नमोटाउने। के हो ?उत्तर हेर्नुहोस्

    मदानी (Churning stick)

  88. ७८८.जति घोच्यो, उति ठूलो। के हो?उत्तर हेर्नुहोस्

    जाल बुनेको (Knitting a net)

  89. ७८९.जति झिक्यो, उति बढ्ने। के हो ?उत्तर हेर्नुहोस्

    खाल्डो (Hole/Pit)

  90. ७९०.जति टाल्यो उति चुहुने, टाल्दै नटाले चुहुँदै नचुहुने । के हो ?उत्तर हेर्नुहोस्

    बादल (Cloud)

  91. ७९१.जति ठटायो, उति रमाउने। के हो ?उत्तर हेर्नुहोस्

    मादल (Madal (drum))

  92. ७९२.जति ठूलो उति लुगा फाल्छ। के हो ?उत्तर हेर्नुहोस्

    बाँस (Bamboo)

  93. ७९३.जति ताछ्यो, उति ठूलो के हो?उत्तर हेर्नुहोस्

    खाल्डो (Hole/Pit)

  94. ७९४.जति तान्छ, उति जान्छ। के हो ?उत्तर हेर्नुहोस्

    सास (Breath)

  95. ७९५.जति तान्यो, उति सानो छोटो। के हो?उत्तर हेर्नुहोस्

    चुरोट खाएको (Smoking a cigarette)

  96. ७९६.जति दौडे पनि ठेलो नाघ्न नसक्ने । के हो ?उत्तर हेर्नुहोस्

    घट्ट (Water mill)

  97. ७९७.जति धेरै ताने पनि अडी वस्तैन, तान्न बिर्से छाडिदिन्छ ढिपी कस्तैन । के हो ?उत्तर हेर्नुहोस्

    सास (Breath)

  98. ७९८.जति नापे पनि एकै हात। के हो ?उत्तर हेर्नुहोस्

    खलाँती (Bellows)

  99. ७९९.जति फाट्यो, उति राम्रो। के हो ?उत्तर हेर्नुहोस्

    बादल (Cloud)

  100. ८००.जति बढायो, उति झांको फिंजाउने । के हो ?उत्तर हेर्नुहोस्

    बाबियो (Babiyo grass)

गाउँखाने कथा उत्तरसहित – पूरा सूची – पृष्ठ ८ | Piromomo