गाउँखाने कथा उत्तरसहित – पृष्ठ ३ / ११

पृष्ठ ३ / ११

  1. २०१.उलुक्क चरी बुर्लुक्क, पुच्छर छैन ड्याच्चै । के हो ?उत्तर हेर्नुहोस्

    ढिकी कुटेको (Using the rice pounder (Dhiki))

  2. २०२.उल्टो पढ, सुल्टो पढ, अर्थ एकै हुन्छ, पकाइ खाँदा मीठो लाग्छ दाल त्यसको बन्छ। के हो ?उत्तर हेर्नुहोस्

    रहर (Pigeon pea (dal))

  3. २०३.उल्टो सुल्टो एकै हुन्छ पाँच अक्षरको नाम, चढ्दो बैंसको झल्को दिन्छ गर्दा अर्थज्ञान। के हो ?उत्तर हेर्नुहोस्

    नवजीवन (New life (palindrome))

  4. २०४.उल्टो सुल्टो एउटै हुने जिवनको ज्योति, प्यारो लाग्छ मलाई त भन्दा हिरा मोति । के हो ?उत्तर हेर्नुहोस्

    आँखा (Eye (palindrome in some contexts))

  5. २०५.उसको मासु खान नहुने फुस्रो कालो बाना, सबैभन्दा उही चनाखो एउटा आँखो काना। के हो ?उत्तर हेर्नुहोस्

    काग (Crow)

  6. २०६.उसले बोल्दा सबै ध्यान दिएर सुन्छन् कुरा, सबै बुझ्न सके मानिस हुन्छन् ज्ञानी । के हो ?उत्तर हेर्नुहोस्

    रेडियो (Radio)

  7. २०७.उसले खाएको खान नहुने, उसैले दिएको खान हुने मार्न पनि नहुने, धेरै थरी काम दिने। के हो?उत्तर हेर्नुहोस्

    गाई (Cow)

  8. २०८.उसिन्दा पाक्दैन, पोल्दा डढ्छ । के हो ?उत्तर हेर्नुहोस्

    कपाल (Hair)

  9. २०९.ऊमाथि ऊ भई, टुप्पीमा समाई, मुखमा सुँघाई। के हो ?उत्तर हेर्नुहोस्

    जाँतो (Grinding stone)

  10. २१०.ऊ भए संसारै उज्यालो, ऊ छैन दिउँसै अँध्यारो। के हो ?उत्तर हेर्नुहोस्

    सूर्य (Sun)

  11. २११.ऊ भए ऊ हुन्थ्यो, ऊ नभए ऊ कहिले हुन्थ्यो । के हो ?उत्तर हेर्नुहोस्

    काँचुली (Sloughed snake skin)

  12. २१२.ए आन्द्रे ! थाप्लामा बसु, बनवुटो गरी भुइँमा बस् । के हो ?उत्तर हेर्नुहोस्

    नाम्लो (Namlo (head strap for carrying))

  13. २१३.एउटा कागजको चरो, खोल्छ दराज गर्छ कुरो । के हो ?उत्तर हेर्नुहोस्

    किताब (Book)

  14. २१४.एउटा काठमा कैयौं प्वाल त्यो होइन आँखीझ्याल । के हो ?उत्तर हेर्नुहोस्

    हतासो (Sieve)

  15. २१५.एउटा खम्बाले घर थेग्ने । के हो ?उत्तर हेर्नुहोस्

    छाता (Umbrella)

  16. २१६.एउटा खाई सभा वस्तू, अर्को खाई वन पस्नू । के हो ?उत्तर हेर्नुहोस्

    अदुवा र मूला (Ginger and Radish)

  17. २१७.एउटा खाल्डोमा दुई लात। के हो ?उत्तर हेर्नुहोस्

    सुरुवाल लगाएको (Wearing trousers)

  18. २१८.एउटा खुट्टा सयौं हात, सर्यो हातमा हजारौं पात । के हो ?उत्तर हेर्नुहोस्

    रूख (Tree)

  19. २१९.एउटा खेतमा कुनैकुलो । के हो ?उत्तर हेर्नुहोस्

    गुन्द्री (Straw mat)

  20. २२०.एउटा गजले दुईतिर बाजा बजाउने । के हो?उत्तर हेर्नुहोस्

    पुच्छर (Tail)

  21. २२१.एउटा गुइँठेको माटोमुनि बास, कुटीपिसी मिसाएमा तरकारीमा खास । के हो ?उत्तर हेर्नुहोस्

    लसुन (Garlic)

  22. २२२.एउटा गुरुका धेरै चेला, मुख वाउँछन् खाने बेला । के हो ?उत्तर हेर्नुहोस्

    धारो र घंटा-गाग्रा (Tap and Water pots)

  23. २२३.एउटा गोरुका बत्तीस जुरा के हो ?उत्तर हेर्नुहोस्

    करेला (Bitter gourd)

  24. २२४.एउटा गोरुका सोर सिङ । के हो ?उत्तर हेर्नुहोस्

    चर्खा (Spinning wheel)

  25. २२५.एउटा गोरु चर्दा चौरभरि वाकेको। के हो ?उत्तर हेर्नुहोस्

    लेखेको (Writing)

  26. २२६.एउटा घना जङ्गलमा टक्क रातो बत्ती बलेको । के हो ?उत्तर हेर्नुहोस्

    सिन्दुर (Sindoor (Vermilion powder))

  27. २२७.एउटा घरका दुईवटा ढोका। के हो ?उत्तर हेर्नुहोस्

    नाक (Nose)

  28. २२८.एउटा घरको एउटै कोठा, त्यहाँ छैन कुनै ढोका। के हो ?उत्तर हेर्नुहोस्

    मादल (Madal (Nepali drum))

  29. २२९.एउटा घरमा दुईवटा खोपा त्यहाँबाट निक्लन्छन् फोहोरका फोका। के हो ?उत्तर हेर्नुहोस्

    सिँगान (Snot/Mucus)

  30. २३०.एउटा घरमा सय कोठा। के हो ?उत्तर हेर्नुहोस्

    बाँस (Bamboo)

  31. २३१.एउटा घ्याम्पोमा दुईरङ्गी जाँड । के हो ?उत्तर हेर्नुहोस्

    अन्डा (Egg)

  32. २३२.एउटा चउरमा एउटै रोटी। के हो?उत्तर हेर्नुहोस्

    सूर्य (Sun)

  33. २३३.एउटा चउरमा लौरो गाडेको। के हो ?उत्तर हेर्नुहोस्

    धरहरा (Dharahara tower)

  34. २३४.एउटा चराका पाँच रड, मुखमा हाल्दा एउटै रङ । के हो ?उत्तर हेर्नुहोस्

    पान खाएको (Chewing betel nut (Paan))

  35. २३५.एउटा चरीका तीनवटा पख । के हो ?उत्तर हेर्नुहोस्

    विजुली पद्मा (Electric fan)

  36. २३६.एउटा चरीका दुईतिर पुच्छर । के हो ?उत्तर हेर्नुहोस्

    दुनु (Wooden milking pail)

  37. २३७.एउटा जनावरको चार थाम एक सिङ । के हो?उत्तर हेर्नुहोस्

    गैंडा (Rhinoceros)

  38. २३८.एउटा भयालखानमा चालीस चोर के हो?उत्तर हेर्नुहोस्

    सलाई र काँटी (Matchbox and matches)

  39. २३९.एउटा ठुटोमा दुईवटा च्याउ, यो कथा नजाने मुसा पोली खाऊ के हो ?उत्तर हेर्नुहोस्

    कान (Ear)

  40. २४०.एउटा डोलीमा सयवटी रानी। के हो ?उत्तर हेर्नुहोस्

    सस्युका कोसा (Mustard pod)

  41. २४१.एउटा तन्न एउटा धन्न, कैले लौलौ कैले हुन्न । के हो ?उत्तर हेर्नुहोस्

    तबला (Tabla (drums))

  42. २४२.एउटा थालमा तीन मान्छे नाचिरहन्छन् । के हो ?उत्तर हेर्नुहोस्

    घड़ी (Clock)

  43. २४३.एउटा थालमा दुईवटा अन्डा, एउटा तातो अर्को ठन्डा। के हो ?उत्तर हेर्नुहोस्

    सूर्य र चन्द्र (Sun and Moon)

  44. २४४.एउटा थियो कुखुरो, हिँड्दा थाक्यो बिचरो, चक्कू लिई काटें टाउको अनि फेरि दगुन्यो। के हो ?उत्तर हेर्नुहोस्

    सिसाकलम (Pencil)

  45. २४५.एउटा थुम्कोमा दमाहा घोप्ट्याएको। के हो?उत्तर हेर्नुहोस्

    टोपी लगाएको (Wearing a hat)

  46. २४६.एउटा दमाईले दुईतिर ढोल बजाउँछ। के हो ?उत्तर हेर्नुहोस्

    गाई (Cow (refers to ears))

  47. २४७.एउटा दाम्लामा सयवटा वाच्छाबाच्छी बांधेको के हो ?उत्तर हेर्नुहोस्

    खोलो र कुलो (River and canal)

  48. २४८.एउटा देश छ कतै तीन अक्षरी नाम, पहिलो अक्षर झिके हुन्छ खाने चिजको नाम । के हो?उत्तर हेर्नुहोस्

    जापान (Japan ('Paan' is betel nut))

  49. २४९.एउटा पोको फुट्ने चार धारा छुट्‌ने । के हो ?उत्तर हेर्नुहोस्

    कल्चौंडो र थुन (Udder and teats)

  50. २५०.एउटा पोखरीमा चार भाइ हाम फाल्छन् । के हो ?उत्तर हेर्नुहोस्

    दूध दुहेको (Milking)

  51. २५१.एउटा प्वालमा मासुको ढिस्को । के हो ?उत्तर हेर्नुहोस्

    जिब्रो (Tongue)

  52. २५२.एउटा फर्सीका सातवटा भयालढोका। के हो?उत्तर हेर्नुहोस्

    टाउको (Head (referring to facial orifices))

  53. २५३.एउटा फर्सीका सातवटा प्वाल, पूरै लाग्दा नौवटा स्याल । के हो ?उत्तर हेर्नुहोस्

    टाउको र शरीर (Head and body (referring to orifices))

  54. २५४.एउटा वाकसमा धेरै टोपी, धेरै टोपीका आफ्नै लौरी । के हो ?उत्तर हेर्नुहोस्

    सलाई (Matchbox)

  55. २५५.एउटा बूढाका पन्ध्रवटा छोरा, तीनवटा मात्र दौडिरहन्छन् । के हो ?उत्तर हेर्नुहोस्

    घडी (Clock)

  56. २५६.एउटा बूढाका सयौं आँखा देख्दाखेरि विघ्नै चनाखा । के हो ?उत्तर हेर्नुहोस्

    डोको (Doko (carrying basket))

  57. २५७.एउटा बूढाको लामो पटुकी। के हो?उत्तर हेर्नुहोस्

    सियो र धागो (Needle and thread)

  58. २५८.एउटा भन्छ म लामो, अर्को भन्छ म लामो के हो?उत्तर हेर्नुहोस्

    बाटो र खोलो (Road and river)

  59. २५९.एउटा मान्छेको पेटमा नौवटा नानी। के हो?उत्तर हेर्नुहोस्

    बोडीको कोसो (Bean pod)

  60. २६०.एउटा मान्छेलाई बत्तीस पुलिसले घेरेको। के हो ?उत्तर हेर्नुहोस्

    जिब्रो (Tongue (surrounded by teeth))

  61. २६१.एउटा मुख दुईवटा पेट, तुक्याउँछ ऊ त तिर्खा मेट् । के हो ?उत्तर हेर्नुहोस्

    वाटरफिल्टर (Water filter)

  62. २६२.एउटा मुठो खरले, धौले घर छाम्ला मयाँले । के हो ?उत्तर हेर्नुहोस्

    बत्ती (Lamp/Light)

  63. २६३.एउटा रुखमा पाँचवोटा हाँगा। के हो ?उत्तर हेर्नुहोस्

    हत्केला (Palm (of hand))

  64. २६४.एउटा रूखमा बार हाँगा, बार हाँगाका दुई पात। के हो ?उत्तर हेर्नुहोस्

    महिना, दिनरात (Months, Day & Night)

  65. २६५.एउटा रुखमा बारवटा हाँगा, बारवटा हाँगामा सातवटा पात । के हो ?उत्तर हेर्नुहोस्

    वर्ष, महिना र दिन (Year, month, and day)

  66. २६६.एउटा रूखमा बार हाँगा, बार हाँगामा तीन सय पैसट्टी पात । के हो ?उत्तर हेर्नुहोस्

    वर्ष, महिना र दिन (Year, month, and day)

  67. २६७.एउटा रोटीमा चारवटा प्वाल। के हो ?उत्तर हेर्नुहोस्

    टाक (Button)

  68. २६८.एउटा लासका दुईतिर सिरानी। के हो ?उत्तर हेर्नुहोस्

    झोलुङ्गे पुल (Suspension bridge)

  69. २६९.एउटा लुलेका पाँचवटा मलामी के हो ?उत्तर हेर्नुहोस्

    सिँगान (Snot/Mucus (wiped with fingers))

  70. २७०.एउटाले जा भन्छ, अर्कोले आ भन्छ। के हो ?उत्तर हेर्नुहोस्

    केरा र बाँसको पात (Banana and Bamboo leaf)

  71. २७१.एउटा साँढेको सबैतिर सिङ । के हो ?उत्तर हेर्नुहोस्

    करेला (Bitter gourd)

  72. २७२.एउटा हाँगामा तीनवटा पात, सधैं हुन्छ, शिवजीका साथ । के हो ?उत्तर हेर्नुहोस्

    त्रिशूल (Trident)

  73. २७३.एउटा हाँगाका तीनवटा पात, धेरै जसो घुम्छ जोगीका साथ । के हो ?उत्तर हेर्नुहोस्

    त्रिशूल (Trident)

  74. २७४.एउटा हातले सगर छेकेको। के हो ?उत्तर हेर्नुहोस्

    छाता (Umbrella)

  75. २७५.एउटी आमा एकपल्ट ब्याउने, त्यसपछि उनले बाँच्नै नपाउने। के हो ?उत्तर हेर्नुहोस्

    केराको बोट (Banana plant)

  76. २७६.एउटी आमाका बत्तीस छोरा आमालाई कुट्छन् सधै मौरा । के हो ?उत्तर हेर्नुहोस्

    जिभ्रो र दाँत (Tongue and teeth)

  77. २७७.एउटी चरीको दुईतिर पुच्छर । के हो ?उत्तर हेर्नुहोस्

    दुनो (Wooden milking pail)

  78. २७८.एउटी नानी दुई घरको दीप, जता चाहियो त्यतै ठीक। के हो ?उत्तर हेर्नुहोस्

    कागको आँखा (Crow's eye (proverbial))

  79. २७९.एउटी बहिनीले सातवटा पछ्यौरा ओढेकी। के हो?उत्तर हेर्नुहोस्

    मकैको घोगा (Corn cob)

  80. २८०.एउटी बूढीका जीउभरि सिन्का। के हो ?उत्तर हेर्नुहोस्

    सल्लो (Pine tree)

  81. २८१.एउटी बूढी कुम्लो भुइँमा छाडी रूख चढी । के हो ?उत्तर हेर्नुहोस्

    तरुल/भ्याकुर (Yam/Dioscorea)

  82. २८२.एउटी बूढी भुइँमा लडी, कुम्लो छाडेर रुखमा चढी । के हो ?उत्तर हेर्नुहोस्

    सखरखन्ड सुठनी (Sweet potato)

  83. २८३.एउटै घैटोमा दुई रङ्गको पानी। के हो ?उत्तर हेर्नुहोस्

    अन्डा (Egg)

  84. २८४.एउटै दाम्लामा धेरै खसी वांधेको के हो?उत्तर हेर्नुहोस्

    फर्सी र लहरा (Pumpkin and vine)

  85. २८५.एउटै रूप आआफ्नै काम उही शरीरमा भिन्नाभिन्नै नाम । के हो ?उत्तर हेर्नुहोस्

    रौं (Hair (body hair, head hair etc.))

  86. २८६.एउटै लिंग समातेर कुछन् दुईवटा रेल, नपत्याए आफैँ कुदाएर हेर । के हो ?उत्तर हेर्नुहोस्

    चेन फस्नर (Zipper)

  87. २८७.एउटै हातले दोहोरो मादल बजाउने । के हो ?उत्तर हेर्नुहोस्

    पुच्छर (Tail)

  88. २८८.एक अंधेरी साथी मेरी, सधैं पछ्याउँछिन् कत्ति नटेरी । के हो ?उत्तर हेर्नुहोस्

    छायाँ (Shadow)

  89. २८९.एक कसौडीमा दुई कुडकी भात। के हो ?उत्तर हेर्नुहोस्

    कटुस (Chestnut)

  90. २९०.एक कोठामा चालीस चोर। के हो?उत्तर हेर्नुहोस्

    सलाईको डब्बा (Matchbox)

  91. २९१.एक कोल वार पट्टी, हाँगा गन्दा तीन सय पैंसठ्ठी । के हो ?उत्तर हेर्नुहोस्

    वर्ष दिन (A year)

  92. २९२.एकखुट्टे दाइको जीउमा काँडैकाँडा । के हो ?उत्तर हेर्नुहोस्

    एसेलुको बोट (Wild raspberry bush)

  93. २९३.एकखुट्टे गाई दैलोमा नअटाई। के हो ?उत्तर हेर्नुहोस्

    छाता (Umbrella)

  94. २९४.एकखुट्टे धामी, भारी बोकी कुइँक्क । के हो ?उत्तर हेर्नुहोस्

    डोको (Doko (carrying basket))

  95. २९५.एकखुट्टे धामी, लुगलुगी थरथर कामी । के हो ?उत्तर हेर्नुहोस्

    जुको (Leech)

  96. २९६.एकखुट्टे बोकाको तीन धार्नी बोसो । के हो ?उत्तर हेर्नुहोस्

    काउली (Cauliflower)

  97. २९७.एकखुट्टे मान्छे वार धार्नी फलाम बोकेको । के हो ?उत्तर हेर्नुहोस्

    केराको बोट (Banana plant)

  98. २९८.एक गुरुका धेरै चेला, मुख ओवाउँछन् पिउने बेला । के हो ?उत्तर हेर्नुहोस्

    लोटा अम्खोरा (Water vessels (Lota, Amkhora))

  99. २९९.एक गंडा सुपारी, दुईजना बेपारी। के हो ?उत्तर हेर्नुहोस्

    गोब्रेकीरा (Dung beetle)

  100. ३००.एक गोरु सय दाम्ला, यो कथा नजाने गाम् खाम्ला । के हो ?उत्तर हेर्नुहोस्

    खजुरो (Centipede)

गाउँखाने कथा उत्तरसहित – पूरा सूची – पृष्ठ ३ | Piromomo