गाउँखाने कथा उत्तरसहित – पृष्ठ ५ / ११
पृष्ठ ५ / ११
४०१.कान निमोठे ह्वाल ह्वालती छादने । के हो ?उत्तर हेर्नुहोस्
धारा (Tap/Faucet)
४०२.कान निमोठ्दा बान्ता गर्छ। के हो ?उत्तर हेर्नुहोस्
कलधारा (Tap/Faucet)
४०३.कानमा समाई नाकमा बस्छु, हेर्नु परे आंखे छोप्छु। के हो ?उत्तर हेर्नुहोस्
चस्मा (Eyeglasses)
४०४.कान समाई माथि उठायो चट्ट आगो लगायो, कान समाती नाकमा तल ल्यायो रातलाई दिन बनायो। के हो ?उत्तर हेर्नुहोस्
लाल्टिन (Lantern)
४०५.कान्छी नानी सारै सानी, दिनरात खट्ने उनको बानी । के हो ?उत्तर हेर्नुहोस्
कमिला (Ant)
४०६.काम एकै भए पनि अनेक थरी नाम, फोहोरको दुनियाँमा नाच्ने त्यसको काम । के हो ?उत्तर हेर्नुहोस्
साबुन (Soap)
४०७.काम गर्दा टोपी झिक्छ, काम भ्याएपछि टोपी लाउँछ । के हो ?उत्तर हेर्नुहोस्
कलम (Pen)
४०८.काम सकिनासाथ नुहाउनैको हतार। के हो ?उत्तर हेर्नुहोस्
जुठा भाँडाकँडा (Dirty dishes)
४०९.कामीको छोरा, बाहुनको नाति, बस्न गयो दैलामाथि काला । के हो ?उत्तर हेर्नुहोस्
ताला (Lock)
४१०.काला पिर्कामाथि जन्ती बसेका, भोलिपल्ट हेर्दाखेरि उठी गएका । के हो ?उत्तर हेर्नुहोस्
तारा (Stars)
४११.काला गेडा सेतो भुइँ, मुखले टिप्छ, हातले छर्छ । के हो ?उत्तर हेर्नुहोस्
लेखेपढेको (Reading and writing)
४१२.कालीको पानी दैलातुङको खेत, पाँच भाइ बाउसे कोदाली एक । के हो ?उत्तर हेर्नुहोस्
लेखेको (Writing)
४१३.कालीको पानी बेसीको खेत, पाँच भाइ बाउसे कोदाली एक । के हो ?उत्तर हेर्नुहोस्
लेखेको (Writing)
४१४.कालीको पानी माडीको खेत, पाँच जना बाउसे, कोदाली एक के हो ?उत्तर हेर्नुहोस्
लेखेको (Writing)
४१५.काली गङ्गा गौरी घाट, बत्तीस हाँगा एउटै पात के हो ?उत्तर हेर्नुहोस्
जिब्रो (Tongue)
४१६.काली गाईको पेटभरि दूध। के हो?उत्तर हेर्नुहोस्
मास (Black gram (lentil))
४१७.काली चरीको सेतो पुच्छर । के हो?उत्तर हेर्नुहोस्
सियोधागो (Needle and thread)
४१८.काली बूढी अध्यारो कुनामा धुमधुम्ती बस्छे । के हो ?उत्तर हेर्नुहोस्
हाँडी खोत्या (Cooking pot (on hearth))
४१९.काली बूढीका पेटमा लहरे बढाई। के हो ?उत्तर हेर्नुहोस्
हाँडीमा मकै भुटेको (Popping corn in a pot)
४२०.काली बूढीको भान्सा मीठो के हो ?उत्तर हेर्नुहोस्
ठेकी र दही (Wooden churner and yogurt)
४२१.काली बूढी चाउरी परी। के हो?उत्तर हेर्नुहोस्
मरिच (Black pepper)
४२२.काला बूढा चुलामा लुटुपुटु । के हो ?उत्तर हेर्नुहोस्
लोढाएको (Rolling (like a stone))
४२३.काली बूढी ठाडठाडै मुत्छे। के हो ?उत्तर हेर्नुहोस्
कोल (Oil press)
४२४.काली बूढी बुल्ला घर पल्ला घर गर्छ। के हो ?उत्तर हेर्नुहोस्
हाँडी/ खोत्या (Cooking pot)
४२५.काली बोक्सीका पेटमा नाति, फुन्दुङ फुन्दुङ नाच्ने । के हो ?उत्तर हेर्नुहोस्
हाँडीमा मकै भुटेको (Popping corn in a pot)
४२६.काली भए पनि राम्री छन् आँखा तिनका जीउर्भार छन् । के हो ?उत्तर हेर्नुहोस्
आँखीभ्याल (Window)
४२७.काली माईको पेटमा सेतो झिक्ने मेसो के हो ?उत्तर हेर्नुहोस्
मही पारेको (Churning buttermilk)
४२८.काली वनमा वस्ने, तारे भीरमा चर्ने, हात्तीपुरमा झर्ने, नवलपुरमा मर्ने। के हो ?उत्तर हेर्नुहोस्
जुम्रा (Louse)
४२९.कालो ओडारमा खुदो जमेको। के हो?उत्तर हेर्नुहोस्
कानेगुजी (Earwax)
४३०.कालो ओडारामा पाँच भाइ पस्ने । के हो ?उत्तर हेर्नुहोस्
खाएको (Eating)
४३१.कालो ओडारमा रातो पुलिस । के हो ?उत्तर हेर्नुहोस्
जुम्रा (Louse)
४३२.कालो ओडारमा लहरै जन्ती । के हो ?उत्तर हेर्नुहोस्
कमिलाको ताँती (Line of ants)
४३३.कालो ओडारमा सेता जन्ती । के हो ?उत्तर हेर्नुहोस्
दाँत (Teeth)
४३४.कालो कुकुर वनमा सुत्ने, हिर्काउँदाखेरि थुक्दै उठ्ने । के हो ?उत्तर हेर्नुहोस्
बन्दुक (Gun)
४३५.कालो खान्छ, सेतो हग्छ। के हो ?उत्तर हेर्नुहोस्
कोदो पिसेको (Grinding millet)
४३६.कालो खोलमा हुन्छु, रातो पानी खान्छु, निहुँ खोज्न आउनेलाई ठाडै जवाफ दिन्छु । के हो ?उत्तर हेर्नुहोस्
खुकुरी (Khukuri (Nepali knife))
४३७.कालो चरो, सुकिलो पुच्छर । के हो ?उत्तर हेर्नुहोस्
सियो र धागो (Needle and thread)
४३८.कालो छु कालै वनमा बस्छु रातो पानी खान्छु। के हो ?उत्तर हेर्नुहोस्
जुम्रा (Louse)
४३९.कालो ठुटामाथि सेतो चरा नाचिरहने। के हो ?उत्तर हेर्नुहोस्
टाउको र छुरा (Head and razor)
४४०.कालो थालमा रातो अछेता। के हो ?उत्तर हेर्नुहोस्
रातीगेडी (Ratti seeds (Abrus precatorius))
४४१.कालो पिंउरी, सेतो धागो। के हो?उत्तर हेर्नुहोस्
थुन र दूध (Udder and milk)
४४२.कालो मुख छ, कुकुर होइनम दुई जिब्रा छन्, सर्प होइन, पाँचवटा पोइ छन्, द्रौपदी होइन। के हो ?उत्तर हेर्नुहोस्
कलम (Pen)
४४३.कालो मैदानमा सिपाही परेड खेल्छन् । के हो ?उत्तर हेर्नुहोस्
मकै भुटेको (Popping popcorn)
४४४.कालो मोसो दली बस्छे दुवै गाला भरि, जति पिट्यो उति बढी कराउँछे मोरी। के हो ?उत्तर हेर्नुहोस्
मादल (Madal (drum))
४४५.कालो रहमा सेती बूढी हाम फाल्ने । के हो ?उत्तर हेर्नुहोस्
सेलरोटी पकाएको (Making Selroti (Nepali bread))
४४६.कालो राख्नी, सेतो झिक्नी। के हो ?उत्तर हेर्नुहोस्
कोदो पिसेको (Grinding millet)
४४७.कालो सर्पले सेतो सर्प निलेको के हो?उत्तर हेर्नुहोस्
दाप र खुकुरी (Sheath and Khukuri)
४४८.कालो हाली सेतो झिक्ने, वरिपरी लागेको झुम्राले पुछने। के हो ?उत्तर हेर्नुहोस्
कोदो पिसेको (Grinding millet)
४४९.कि मलाई तान, कि तिमीलाई बोक्छु, रिस उठ्यो भने लात्ताले ठोक्छु । के हो ?उत्तर हेर्नुहोस्
घोडा (Horse)
४५०.किन्नेले राख्दैन, पाउनेले किन्दैन। के हो ?उत्तर हेर्नुहोस्
उपहार (Gift)
४५१.किन्नेले राख्दैन, राख्नेले किन्दैन। के हो ?उत्तर हेर्नुहोस्
उपहार (Gift)
४५२.किन्नेले लाउन्न, लाउनेले देख्न पाउन्न । के हो ?उत्तर हेर्नुहोस्
कात्रो (Shroud)
४५३.किन्नेले लाउँदैन, लाउनेले किन्दैन । के हो ?उत्तर हेर्नुहोस्
कात्रो (Shroud)
४५४.किलो भुइँमा डोब हातमा । के हो ?उत्तर हेर्नुहोस्
एसेलु (Wild raspberry)
४५५.कुमाल गाउँमा आगो लाग्यो, माझी गाउँमा गुहार गुहार । के हो ?उत्तर हेर्नुहोस्
तमाखु खाएको (Smoking tobacco (hookah))
४५६.कुच्चिएको कसौडीको मीठो खानेकुरा के हो ?उत्तर हेर्नुहोस्
ओखर (Walnut)
४५७.कुनामा बस्छ, देशविदेश घुम्छ। के हो ?उत्तर हेर्नुहोस्
हुलाक टिकट (Postage stamp)
४५८.कुनै देशको नाम, जसलाई उल्टोबाट पढ्दा पकाउन आउँछ काम। के हो ?उत्तर हेर्नुहोस्
इराक कराइ (Iraq (Karai is a cooking pan))
४५९.कुवाका वरिपरि ठाडा किलाका बार। के हो ?उत्तर हेर्नुहोस्
परेला (Eyelashes)
४६०.कुवा, कुवामाथि डाँडो, डाँडामाथि चउर, चउरमाथि जङ्गल, जङ्गलमाथि लुकेको छ चौर। के हो?उत्तर हेर्नुहोस्
मुख-नाक- निधार- कपाल- जुम्रा (Mouth-Nose-Forehead-Hair-Lice)
४६१.कुबेर राजा मर्दा पाँचजना मलामी । के हो ?उत्तर हेर्नुहोस्
सिंगान (Snot/Mucus (wiped with fingers))
४६२.कुप्री गाईले चारै फाँट चछे। के हो ?उत्तर हेर्नुहोस्
हँसिया आँसी (Sickle)
४६३.कुप्री, झुत्री बूढी बिहानै उठी लुटुपुटु गर्छ। के हो ?उत्तर हेर्नुहोस्
दैलो पोतेको (Plastering the doorstep with mud/dung)
४६४.केटाकेटीले खानी, बूढाबूढीले फाल्नी, भरखरकाले गोजीमा राख्नी । के हो ?उत्तर हेर्नुहोस्
सिँगान (Snot/Mucus)
४६५.कैली गाई, अंगार खाई के हो?उत्तर हेर्नुहोस्
रिठ्ठाको गेडा (Soapnut seed)
४६६.कैली गाईका पेटमा अंगारको डल्लो। के हो?उत्तर हेर्नुहोस्
रिठ्ठाको गेडा (Soapnut seed)
४६७.कैली गाईका पेटभित्र कालो मट्याङ्गो के हो ?उत्तर हेर्नुहोस्
रिठ्ठाको गेडा (Soapnut seed)
४६८.कोठाभरि कालाटाउके पुलिसको डफ्फा । के हो ?उत्तर हेर्नुहोस्
सलाई (Matches)
४६९.कोठा हुन्छ चौस्ठी एक हुन्छ घर, वत्ती भाई मिलिजुलि गर्छन् व्यापार । के हो ?उत्तर हेर्नुहोस्
चेस्बोर्ड (Chessboard)
४७०.खटखट खटपाउ तीन मुख दस पाउ। के हो ?उत्तर हेर्नुहोस्
हलो जोतेको (Ploughing)
४७१.खरबारीमा दाँदे लगाएको। के हो?उत्तर हेर्नुहोस्
कपाल कोरेको (Combing hair)
४७२.खरानी घसेको, थपक्क बसेको। के हो ?उत्तर हेर्नुहोस्
चुलामा बसालेको कसौंडी (Pot placed on hearth)
४७३.खरं वर, खरं पर, खर्र हाल्यो चारो। के हो ?उत्तर हेर्नुहोस्
घरेलु तानमा लुगा बुनेको (Weaving cloth on a handloom)
४७४.खसी बसिरहने, दाम्लो चर्न जाने। के हो?उत्तर हेर्नुहोस्
फर्सी र लहरा (Pumpkin and vine)
४७५.खसी भित्र दाम्लो बाहिर। के हो ?उत्तर हेर्नुहोस्
तरुल भ्याक्र (Yam)
४७६.खस्रो छाला, मीठो बोसो, त्यहीभित्र रहेछ काठको ठोसो के हो ?उत्तर हेर्नुहोस्
तिजु (Lapsi fruit (Choerospondias axillaris))
४७७.खस्रो छालाभित्र नरम गुदी, गुदीभित्र हाड। के हो?उत्तर हेर्नुहोस्
लिची (Lychee)
४७८.खस्रो भ्यागुताको भुँडी नै मीठो। के हो ?उत्तर हेर्नुहोस्
कटहर (Jackfruit)
४७९.खाँदा उठ्छ, भोकाउँदा सुत्छ। के हो ?उत्तर हेर्नुहोस्
कोल (Oil press)
४८०.खाँदा मह, थुक्दा कपास, खाने रस, ओकल्ने कपास । के हो ?उत्तर हेर्नुहोस्
उखु (Sugarcane)
४८१.खाँदा मुख सानो, नखाँदा झन् मुख। के हो ?उत्तर हेर्नुहोस्
चिम्टा (Tongs)
४८२.ठूलो खाँदै छ, हग्दै छ। के हो?उत्तर हेर्नुहोस्
जाँतो पिँधेको (Grinding with a stone mill)
४८३.खास पिस् तेरा घर, सुत्न आएस् मेरा घर । के हो ?उत्तर हेर्नुहोस्
आग्लो / गजबार (Door bar)
४८४.खाऊँ खाऊँ रोटी खाइनसक्नु, दाऊँ दाऊँ बहर दाइनसक्नु, टेकू-टेकू लौरी टेकिनसक्नु। के हो ?उत्तर हेर्नुहोस्
सूर्य, बाघ र सर्प (Sun, Tiger, and Snake)
४८५.खाजा खाँदाखाँदै भुँडी नै फुट्यो। के हो ?उत्तर हेर्नुहोस्
बेलुन (Balloon)
४८६.खान जाँदा दुब्लो, खाएर आउँदा मोटो। के हो?उत्तर हेर्नुहोस्
पुरी पकाएको (Making Puri (fried bread))
४८७.खान त खाएँ, तर चाखेको छैन। के हो ?उत्तर हेर्नुहोस्
किरिया कसम (Oath/Vow)
४८८.खान दिए नाइँ नाई, चिंचदिए मुसुक्क । के हो ?उत्तर हेर्नुहोस्
विजुलीबत्ती (Electric light)
४८९.खान नपाईन्जेल झोक्रिई बस्ने, खाएपछि घुमीघुमी नाच्ने । के हो ?उत्तर हेर्नुहोस्
जिब्रो (Tongue)
४९०.खान लाग्यो मीठो, दुवै हात जुठो। के हो ?उत्तर हेर्नुहोस्
उसिनेको आलु पिँडालु (Boiled potato/yam)
४९१.खानु न पिउनु मुन्टो जोतेको जोत्यै । के हो ?उत्तर हेर्नुहोस्
लुंडी (Tail-less animal (contemptuous))
४९२.खानु न पिउनु सधैं हिंडिरहनु। के हो?उत्तर हेर्नुहोस्
घडीको सुई (Clock hand)
४९३.खानु न पिउनु, पहरामात्र दिनु। के हो ?उत्तर हेर्नुहोस्
ताला कुलुक (Lock)
४९४.खाने पनि नअघाउने, ख्वाउने पनि नअघाउने । के हो ?उत्तर हेर्नुहोस्
जाँतो (Grinding stone)
४९५.खाने बेलामा आई सानी, थालअगाडि भुन्टी नानी। के हो ?उत्तर हेर्नुहोस्
पानी खाने भाँडो (Drinking vessel)
४९६.खान्छ अन्न, पानी छुन्न। के हो ?उत्तर हेर्नुहोस्
जाँतो (Grinding stone)
४९७.खान्छ घाँस, हग्छ धागो के हो ?उत्तर हेर्नुहोस्
रेसमकीरा (Silkworm)
४९८.खान्छ, था' पाउन्न। के हो?उत्तर हेर्नुहोस्
डाडु (Ladle)
४९९.खान्छ मट्याङ्गा छर्छ धुलो, घुम्दछ फनफन चक्का ठूलो । के हो ?उत्तर हेर्नुहोस्
घट्ट (Water mill)
५००.खान्छ मुढो, बनाउँछ धुलो। के हो?उत्तर हेर्नुहोस्
आगो (Fire)