गाउँखाने कथा उत्तरसहित – पृष्ठ ४ / ११

पृष्ठ ४ / ११

  1. ३०१.एक चिम्टीका दुईवटा रौं। के हो?उत्तर हेर्नुहोस्

    सियो र धागो (Needle and thread)

  2. ३०२.एक जना नाच्ने, पाँच जना हेर्ने, चार जना लुक्ने । के हो ?उत्तर हेर्नुहोस्

    सुर्ती माडेको (Grinding tobacco in palm)

  3. ३०३.एक जना मान्छेको जीउभरि प्वाल । के हो?उत्तर हेर्नुहोस्

    डोको (Doko (carrying basket))

  4. ३०४.एक ठाउँबाट खान्छ, सय ठाउंबाट फाल्छ। के हो ?उत्तर हेर्नुहोस्

    जाँतो (Grinding stone)

  5. ३०५.एक डल्लो धन, पोली खाऊँ कि पकाई खाऊँ। के हो ?उत्तर हेर्नुहोस्

    आप (Mango)

  6. ३०६.एक डाँडामा खसी काट्यो, सय डाँडामा रगत। के हो ?उत्तर हेर्नुहोस्

    घाम लागेको (Sunshine)

  7. ३०७.एक तलाउभित्र आई, देखें आफूले आफैलाई। के हो ?उत्तर हेर्नुहोस्

    ऐना (Mirror)

  8. ३०८.एक तले घरको करेसामा लिस्नु । के हो ?उत्तर हेर्नुहोस्

    घट्टको डुड (Water mill's chute)

  9. ३०९.एक दिन सबैले भोग्नै पर्ने, टार्दा नटर्ने, मार्दा नमर्ने। के हो ?उत्तर हेर्नुहोस्

    काल (Death)

  10. ३१०.एक पाथी धानको लाख पाथी धान। के हो?उत्तर हेर्नुहोस्

    जून र तारा (Moon and Stars)

  11. ३११.एक फेर आउँछ, मुखबाट ब्याउँछ। के हो?उत्तर हेर्नुहोस्

    केराको बोट (Banana plant)

  12. ३१२.एक वेत व्याई आमा मरी जाई। के हो?उत्तर हेर्नुहोस्

    केराको बोट (Banana plant)

  13. ३१३.एक भाँडो अचार, सबैलाई विचार। के हो ?उत्तर हेर्नुहोस्

    मल (Manure/Fertilizer)

  14. ३१४.एक भाइका चार खुट्टा । के हो?उत्तर हेर्नुहोस्

    खाट (Bed)

  15. ३१५.एक भाइका तीसवटा दाँत। के हो?उत्तर हेर्नुहोस्

    करौती (Saw)

  16. ३१६.एक भाइका दुईवटा मुन्द्रा। के हो?उत्तर हेर्नुहोस्

    खड्कला वा कन्तीका कड़ा (Earrings / Edge pieces)

  17. ३१७.एक भाइका सय आँखा। के हो?उत्तर हेर्नुहोस्

    डोको (Doko (carrying basket))

  18. ३१८.एक भाइ धान हाल्ने, बत्तीस भाइ धान कुट्‌ने । के हो ?उत्तर हेर्नुहोस्

    जिब्रो र दांत (Tongue and teeth)

  19. ३१९.एक भाइ जान्छ, सय भाइ आउँछन् । के हो ?उत्तर हेर्नुहोस्

    मकै (Corn)

  20. ३२०.एक भाइ नाचेको, चार भाइ लुकेको, पाँच भाइले हेरेको । के हो ?उत्तर हेर्नुहोस्

    सुर्ती माडेको (Grinding tobacco in palm)

  21. ३२१.एक भाइ फुटे चार धारा छुटे । के हो ?उत्तर हेर्नुहोस्

    दूध दुहेको (Milking)

  22. ३२२.एक भाइ लडे, सय भाइ बढ़े। के हो ?उत्तर हेर्नुहोस्

    मकै (Corn)

  23. ३२३.एक भाइले दुनियाँ उज्यालो पार्ने। के हो ?उत्तर हेर्नुहोस्

    घाम (Sun)

  24. ३२४.एक माना पिठामा तीन माना पानी, दिनेलाई भन्दा खानेलाई हानि । के हो?उत्तर हेर्नुहोस्

    जाँड (Jaand (Nepali homemade alcohol))

  25. ३२५.एकमाने ताउलीमा दुई चोइली भात । के हो ?उत्तर हेर्नुहोस्

    कटुस (Chestnut)

  26. ३२६.एक मान्छेका जीउभरि आँखा। के हो ?उत्तर हेर्नुहोस्

    डोको (Doko (carrying basket))

  27. ३२७.एक मुठी खर, घुमाउने घर। के हो ?उत्तर हेर्नुहोस्

    छाता (Umbrella)

  28. ३२८.एक मुठी छवालीले सबै घर छाएको। के हो?उत्तर हेर्नुहोस्

    बत्ती (Lamp/Light)

  29. ३२९.एक मूलका दश धारा। के हो?उत्तर हेर्नुहोस्

    थुन र दूध दूधका सिर्का (Teats and milk streams)

  30. ३३०.एक रूखका चार आँखा, बीस पात। के हो?उत्तर हेर्नुहोस्

    हातगोडाका औंला (Fingers and toes)

  31. ३३१.एकसिङ्गे कलुवाका चारवटा थाम। के हो ?उत्तर हेर्नुहोस्

    गैंडा (Rhinoceros)

  32. ३३२.एकसिङ्गे कलुवाका चारवटा थाम, अभर पर्दा हुन्छ कतातिर जाम् । के हो ?उत्तर हेर्नुहोस्

    गैंडा (Rhinoceros)

  33. ३३३.एकसिङ्गे गाई, जति खुवायो उति खाई। के हो ?उत्तर हेर्नुहोस्

    जाँताको मानी (Top stone of a grinder)

  34. ३३४.एकसिङ्गे गोरुको मुखमा कीलो। के हो ?उत्तर हेर्नुहोस्

    गैंडा (Rhinoceros)

  35. ३३५.एकसिङ्गे गोरु सिङ समाए कराउँछ । के हो ?उत्तर हेर्नुहोस्

    जाँतो (Grinding stone)

  36. ३३६.एकसिङ्गे गोरु होक्का होक्का। के हो ?उत्तर हेर्नुहोस्

    जाँतो (Grinding stone)

  37. ३३७.एकातिर असिना, अर्कातिर हिउँ। के हो?उत्तर हेर्नुहोस्

    कपास र भुवा (Cotton and fluff)

  38. ३३८.एकातिर काटे ढुङ्ग्ा, अर्कातिर काटे पडुमाङ । के हो ?उत्तर हेर्नुहोस्

    वासँ (Bamboo)

  39. ३३९.एकादेशमा अचम्म सुनियो नाइलाजत्रा पात, त्यही दिन सुत्ने, त्यही दिन उठ्ने के हो त्यसको जात ?उत्तर हेर्नुहोस्

    सूर्य (Sun)

  40. ३४०.एकादेशमा काल्दाजै काल्दाजै। के हो ?उत्तर हेर्नुहोस्

    रुख काटेको (Cutting a tree)

  41. ३४१.एकैछिनमा भाले एकैछिमा पाथि, भाले र पाथिको एउटै काठि । के हो ?उत्तर हेर्नुहोस्

    मादल (Madal (drum))

  42. ३४२.एक्लै उठेर जान खोज्दा आफु लड्ने डर, काखी च्यापी हिंडेदेखि पक्का हुने भर। के हो?उत्तर हेर्नुहोस्

    बैशाखि (Crutch)

  43. ३४३.ए गाँडे। है भुन्टे तँलाई खान्छ, मलाई लान्छ । के हो ?उत्तर हेर्नुहोस्

    मुला र भिंडा (Radish and Okra (colloquial))

  44. ३४४.ए झुन्डे के भनिस्च भकुन्डे म लहरामा, तँ झाङमा। के हो ?उत्तर हेर्नुहोस्

    इस्कुस र फर्सि (Chayote and Pumpkin)

  45. ३४५.ए पुड्के उठे बेसी जाऊँ, बेसीबाट तेरो मुनटो निमोठेर ल्याउ । के हो ?उत्तर हेर्नुहोस्

    धोत्रो, थैलो (Sack, Bag)

  46. ३४६.ए बी होइन सी अगाडि, राजा होइन रानी पछाडी। के हो ?उत्तर हेर्नुहोस्

    सिरानी (Pillow)

  47. ३४७.आक्कल दाक्कल भुँडी खोकल । के हो ?उत्तर हेर्नुहोस्

    ठेको पखालेको (Washing a churning container (theki))

  48. ३४८.ओखल भर्नै ओखल होईन, मुल फुट्छ कुवा होईन । के हो ?उत्तर हेर्नुहोस्

    आँखा (Eye)

  49. ३४९.ओडार बाहिर हड्डीको ताँती, यो कथा नजान्ने बिरालोको नाती। के हो ?उत्तर हेर्नुहोस्

    दाँत (Teeth)

  50. ३५०.ओडारभरि सधैं लिरिविरि। के हो ?उत्तर हेर्नुहोस्

    लिगलिगे (Uvula)

  51. ३५१.ओडारमाथि डाँडो डाँडोमाथि टार, टारमाथि रानिवनमा हिँड्न थाल्यो जार। के हो ?उत्तर हेर्नुहोस्

    जुम्रा (Louse)

  52. ३५२.ओबाना लुगा फाल्ने, भिजेका लुगा लगाउने। के हो ?उत्तर हेर्नुहोस्

    टाँगा (Clothesline)

  53. ३५३.ओर्काई फर्काई चन्दन लगाई, बटार बदुर मुखमा हालि चवाई। के हो ?उत्तर हेर्नुहोस्

    पान खाएको (Chewing betel nut (Paan))

  54. ३५४.आल्ट्याङ पल्टयाङ खास्ल्याङ । के हो ?उत्तर हेर्नुहोस्

    जुठो लोटाएको (Rolling leftover food/scraps)

  55. ३५५.औंठी लाउछन् औंठी होईन, बाहिर हुन्छ घरमा छैन। के हो ?उत्तर हेर्नुहोस्

    कुश (Kush grass (sacred grass))

  56. ३५६.औलको खेती, लेकको कुलो, पाँच जना बाउसे रोपाई गर्छन् ठूलो । के हो ?उत्तर हेर्नुहोस्

    कागज, मसी र पाँच औंलाले लेखेको (Writing with paper, ink, and five fingers)

  57. ३५७.कथा न कुथडुङ्गी कन्डापट्टि गांड, यो कथा नजान्ने बोक्सीको राड । के हो ?उत्तर हेर्नुहोस्

    दैलाको गांड (Hole for door bar)

  58. ३५८.कथा न कुथडुगी कन्डापट्टि पिलो । पिलोभित्र फेरि बडेमानको दुलो । के हो ?उत्तर हेर्नुहोस्

    दैलाको गाँड (Hole for door bar)

  59. ३५९.कन्डापट्टि कालीनाग झुन्डिएको। के हो ?उत्तर हेर्नुहोस्

    कपालको चुल्ठो (Hair braid)

  60. ३६०.कपडाको छाला, फलामको हाड, खुम्चँदा लठ्ठी, खुल्दा आड । के हो ?उत्तर हेर्नुहोस्

    छाता । (Umbrella)

  61. ३६१.कपाल काटी सुकाईन्छ, चुल्ठो पारी वाटिन्छ । के हो ?उत्तर हेर्नुहोस्

    बाबियो (Babiyo grass (used for ropes))

  62. ३६२.कम्मर कसि काम गर्ने हाम्री घरकी नानी, जति पछि हुदै गयो उति हुन्छिन् सानी। के हो ?उत्तर हेर्नुहोस्

    कुचो (Broom)

  63. ३६३.कपालपुरमा ठुलो चोर थियो कानपुरमा पक्डियो, हस्तिनापुरमा स्थान गरियो नङसारमा मारियो । के हो ?उत्तर हेर्नुहोस्

    जुम्रा मारेको (Killing a louse)

  64. ३६४.कपास केराउ, गुराँस, काँक्रो, चारै जातको योटै थाँको । के हो ?उत्तर हेर्नुहोस्

    सिमलको रुख (Silk cotton tree)

  65. ३६५.कम्मरमा पटुकी कस नानी, जन्मदा ठुली पछी सानी। के हो ?उत्तर हेर्नुहोस्

    कुचो (Broom)

  66. ३६६.कराय निक्लन्छ, नकराए निक्लन्न। के हो ?उत्तर हेर्नुहोस्

    स्यालको सिङ (Jackal's horn (proverbial - non-existent))

  67. ३६७.करायको सुनिन्छ देख्न सकिन्न, जताजतै पस्छ रोक्न सकिन्न, त्यो नभई फेरी बाच्न सकिन्न। के हो?उत्तर हेर्नुहोस्

    नाडीको नसा (Pulse/Vein)

  68. ३६८.कलिलोमा रमाई खान्यो बुढो दाजु मलाई, अहिले भन्छ दाँत छैन, खान्छु सातु बनाई। के हो ?उत्तर हेर्नुहोस्

    मकै (Corn)

  69. ३६९.कसैले चाल्ने कसैले फाल्ने, कोही लुट्ने काही लुटिने । के हो ?उत्तर हेर्नुहोस्

    काँडा (Thorn)

  70. ३७०.कसौडी पाक्यो भात पाकेन, काच्चै। के हो ?उत्तर हेर्नुहोस्

    अम्बा वा बेलौती (Guava)

  71. ३७१.कसौंडीमा भात पाक्छ, विटमा दाल पाक्छ। के हो ?उत्तर हेर्नुहोस्

    खेत र आली (Field and bund (rice paddy))

  72. ३७२.कहिले कानमा, कहिले गोजीमा। के हो?उत्तर हेर्नुहोस्

    मोबाईल (Mobile phone)

  73. ३७३.कहिले लुकामारी खेल्छन्, कहिले साथै देखिन्छन्, कहिले भने झ्याप्पै छेकिन्छन् । के हो ?उत्तर हेर्नुहोस्

    सुर्य र चन्द्र (Sun and Moon)

  74. ३७४.कहिले हुन्छ कालो, कहिले हुन्छ, रातो, रातो हुदा नछुनु है लैजानी सातो । के हो ?उत्तर हेर्नुहोस्

    आगो (Fire)

  75. ३७५.कहिले वारी कहिले पारी निरन्तर गर्छ, मानिसलाई काखमा राखि नदिनाला तर्छ । के हो ?उत्तर हेर्नुहोस्

    डुंगा (Boat)

  76. ३७६.काँचो छउन्जेल हरियो, पाकेपछि रातो, होस गरी खानू है उडाउला नि सातो । के हो ?उत्तर हेर्नुहोस्

    खुर्सानी (Chili pepper)

  77. ३७७.काँचो हुँदा तरकारी, पाकेपछि फल, जिउभरि कांडैकाँडा । के हो ?उत्तर हेर्नुहोस्

    कटहर (Jackfruit)

  78. ३७८.काँधमा छिराएर कम्मरतिर झार्नु, पहिलोपटक लगाउँदा कपाल जम्मै फाल्नु । के हो ?उत्तर हेर्नुहोस्

    जनै (Janai (sacred thread))

  79. ३७९.काँधमा भिरिन्छ खकन होइन, सरसामान बोकाइन्छ गधा होइन । के हो ?उत्तर हेर्नुहोस्

    भोला (Jhola (shoulder bag))

  80. ३८०.काँसका थालमा हाँसका फुल। के हो ?उत्तर हेर्नुहोस्

    चन्द्रमा (Moon)

  81. ३८१.कागज खाने यसको जात, काम गर्छ खटेर दिनरात । के हो ?उत्तर हेर्नुहोस्

    पन्चिङ मेसिन (Punching machine)

  82. ३८२.काखमा राखे कराउने भैमा राखे, नकराउने । के हो ?उत्तर हेर्नुहोस्

    मादल बजाएको (Playing the Madal drum)

  83. ३८३.काटीकुटी मान्छे, बोल्छ, हिँड्छ, काम गर्छ, तर मुटुसुटु केही छैन । के हो ?उत्तर हेर्नुहोस्

    रोबर्ट (Robot)

  84. ३८४.काटीकुटी हलोजस्तो काखमा राख्यो छोरोजस्तो । के हो ?उत्तर हेर्नुहोस्

    मादल (Madal (drum))

  85. ३८५.काटेकुटे टुकुरा लिएर दंगुर, जाऊ वारीमा रोप माटामा । के हो ?उत्तर हेर्नुहोस्

    उखु (Sugarcane)

  86. ३८६.काट्दा काटिने, पोल्दा पोलिने, पकाउँदा भने नपाक्ने । के हो ?उत्तर हेर्नुहोस्

    रौं/कपाल (Hair)

  87. ३८७.काठका ठिनामिना फलामका सोर, अघि लागे रामलक्ष्मण पछि लागे चोर । के हो ?उत्तर हेर्नुहोस्

    जोतेको (Ploughing)

  88. ३८८.काठ काटी पिर्का ताछी, यो कथा नजाने बाजी लाग्छ तीन सय साठी। के हो ?उत्तर हेर्नुहोस्

    वेदको किताब (Book of Vedas)

  89. ३८९.काठकी बाच्छी ढुङ्गाकी गाई जति दुत्यो त्यति आई। के हो ?उत्तर हेर्नुहोस्

    चन्दन घोटेको (Grinding sandalwood)

  90. ३९०.काठको कैची फलामको विंड, त्यो विंड बोक्ने जना दुई तीन । के हो ?उत्तर हेर्नुहोस्

    तामदान र डोले (Palanquin and bearers)

  91. ३९१.काठको ठिनीमिनी काठकै सोइला, अघि लागे राम-लक्ष्मण पछि लागे पाइला । के हो?उत्तर हेर्नुहोस्

    गोरु जोतेको (Ploughing with oxen)

  92. ३९२.काठको ठुन्का, आँखीयाल होइन, जीउभरि दुल्का । के हो ?उत्तर हेर्नुहोस्

    हत्तासो (Sieve)

  93. ३९३.काठको डुड, फलामको कुर। के हो ?उत्तर हेर्नुहोस्

    हलो र फाली (Plough and ploughshare)

  94. ३९४.काठको पर्खाल सिसाको द्वार, नबोली हेर्छन् लगातार । के हो ?उत्तर हेर्नुहोस्

    तस्विर (Picture/Photograph)

  95. ३९५.काठको फड्के, चारजना अड्‌के। के हो ?उत्तर हेर्नुहोस्

    चर्खे पिङ (Ferris wheel / Rotating swing)

  96. ३९६.काठको बाच्छी ढुङ्गाको गाई दुहुन जाने धेरै आई के हो ?उत्तर हेर्नुहोस्

    चन्दन घोटेको (Grinding sandalwood)

  97. ३९७.काठ खाने पानी खाने, अन्नचाहिँ छुदै नछुने । के हो ?उत्तर हेर्नुहोस्

    चनौटो (Wooden water pot (Chanauto))

  98. ३९८.काठमाडौंमा आगो लाग्यो, तानसेनमा खल्ल बल्ल दमकडामा थिएँ म आएँ बल्ल बल्ल । के हो?उत्तर हेर्नुहोस्

    तमाखु खाएको (Smoking tobacco (hookah))

  99. ३९९.काठमाडौंमा काठको र पिठाको लडाई भो रे, जाने भए जाऊ रे नत्र सितलपाट्टिन्छ रे। के हो ?उत्तर हेर्नुहोस्

    हिँडो ओडालेको छ, खान जाऊ (Covering food, inviting to eat)

  100. ४००.कान तान्दा मुख खोल्छ। के हो?उत्तर हेर्नुहोस्

    थैली (Bag/Purse)

गाउँखाने कथा उत्तरसहित – पूरा सूची – पृष्ठ ४ | Piromomo