गाउँखाने कथा उत्तरसहित – पृष्ठ ६ / ११
पृष्ठ ६ / ११
५०१.खाम्-खाम् भन्छन्, खान हुन्न। के हो?उत्तर हेर्नुहोस्
खाम (Envelope)
५०२.खाली पोखरीमा फुत्तफुत्त उफ्रने। के हो ?उत्तर हेर्नुहोस्
मकै भुटेको (Popping popcorn)
५०३.खिडिविडी ख्याट्ट पुच्छर समातेर स्याट्ट । के हो?उत्तर हेर्नुहोस्
तालाचाबी / कुलुक (Lock and key)
५०४.खिरिलो साँढेको जीउर्भार सिडैसिङ। के हो?उत्तर हेर्नुहोस्
तीतेकरेला (Bitter gourd)
५०५.खिरिलो रुखमा एउटै पात। के हो ?उत्तर हेर्नुहोस्
पनिउँ (Ladle (made of wood/gourd))
५०६.खुट्टा छैन उकालो चढ्छ, पानी खाए खुत्रुक्कै मर्छ । के हो ?उत्तर हेर्नुहोस्
डढेलो (Forest fire)
५०७.खुट्टा छैन हिँड्छ, पुच्छर छैन सिङ छ। के हो ?उत्तर हेर्नुहोस्
चिप्लेकीरा (Snail/Slug)
५०८.खुट्टा छैन टाढा जान्छ, पण्डित होइन साक्षर छ, मुख छैन गर्छ । के हो ?उत्तर हेर्नुहोस्
चिठी (Letter)
५०९.खुट्टा धेरै छन् गन्न सकिदैन, तर पनि पाइलो सार्ने कहिल्यै होइन । के हो ?उत्तर हेर्नुहोस्
रूख (Tree)
५१०.खुट्टा नभएकाले खुट्टा भएकालाई खायो, टाउको नभएकाले देख्यो। के हो ?उत्तर हेर्नुहोस्
सर्प, भ्यागुतो र गंगटो (Snake, frog, and crab)
५११.खुट्टा नहुँदा भुइँमा हिँड्न पाएन, पखेटा नहुँदा आकाशमा उड्न पाएन । के हो?उत्तर हेर्नुहोस्
माछो (Fish)
५१२.खुट्टामा लगाए मान-सम्मान, टाउकामा लगाए अपमान के हो ?उत्तर हेर्नुहोस्
जुत्ता (Shoes)
५१३.खुट्टामुनि रहेछ काले दाइको वास, सँगै हिँड्छ बोल्दैन पर्छ मेरै छाप । के हो ?उत्तर हेर्नुहोस्
छायाँ (Shadow)
५१४.खुट्टी पसार, लड्डी मसार, कालो हाल, सेतो झिका के हो ?उत्तर हेर्नुहोस्
मास कोदो पिसेको (Grinding black gram / millet)
५१५.खुट्टी लुलो, फूल ठूलो, त्यसमै मन भुल्यो। के हो?उत्तर हेर्नुहोस्
काउली (Cauliflower)
५१६.खुट्टो छ तिघ्रो छैन, टाउको छ आँखा छैन। के हो ?उत्तर हेर्नुहोस्
च्याउ (Mushroom)
५१७.खेतको चरो ट्द्वारद्वार गर्छ, पानी नपाए ठहरै पर्छ। के हो ?उत्तर हेर्नुहोस्
भ्यागुतो (Frog)
५१८.खोइ खोइ बूढा म अघि जान्छु। के हो ?उत्तर हेर्नुहोस्
लौरो (Walking stick)
५१९.खोक्रो पनि छैन, बोक्रो पनि छैन, मुखमा राखी टोक्दा सातसातु बन्छ । के हो ?उत्तर हेर्नुहोस्
कसार (Kasar (sweet made of flour/ghee/sugar))
५२०.खोपाभरि राता कीरा। के हो?उत्तर हेर्नुहोस्
अगेनाको आगो (Fire in the hearth)
५२१.छोपी छोपीमाथि छोषी, खोपीमाथि खोपी, खोपीमाथि टोपी । के हो ?उत्तर हेर्नुहोस्
बाँसको तामा (Bamboo shoot)
५२२.खोपो, खोपोमाथि खोपो, खोपोमाथि खोपो। के हो?उत्तर हेर्नुहोस्
बाँस (Bamboo)
५२३.खेलाको पुछारमा वीरे दाइ नाच्छ । के हो ?उत्तर हेर्नुहोस्
घट्ट (Water mill)
५२४.खोलाखाली पाखुरे, भुइँमा नभरे बाबा ठाकुरे। के हो?उत्तर हेर्नुहोस्
सेल पकाएको (Making Selroti)
५२५.खोलाबाट ल्याउँदा फलाम, आगोमा हालेपछि तामा । के हो ?उत्तर हेर्नुहोस्
गंगटो (Crab)
५२६.खोलामा बसेको पगरी कसेको। के हो ?उत्तर हेर्नुहोस्
निउरो (Fiddlehead fern)
५२७.खोलो तरेकी राती गाई, चुली पुगी भन्ज्याङ आई। के हो ?उत्तर हेर्नुहोस्
पोते लगाएको (Wearing a Pote (glass bead necklace))
५२८.गई भई फुर्तिली फर्किन नजान्ने। के हो ?उत्तर हेर्नुहोस्
पुतली (Butterfly)
५२९.गएपछि नफर्कने। के हो?उत्तर हेर्नुहोस्
वाण हानेको (Shooting an arrow)
५३०.गजमने हात्तीको पेटभरि किरा। के हो?उत्तर हेर्नुहोस्
घर र मान्छे (House and people)
५३१.गजुर छ, मन्दिर होइन; बार्दली छ, घर होइन । के हो ?उत्तर हेर्नुहोस्
धरहरा (Dharahara tower)
५३२.गजुर छ, मन्दिर होइन, पखेटा छ, चरा होइन, करङ छ, मान्छे होइन, घुम्रिएको पुच्छर छ, कुकुर होइन । के हो ?उत्तर हेर्नुहोस्
छाता (Umbrella)
५३३.गण्डकीको पानी माडीको खेत, पाँचजना बाउसे, कोदाली एक के हो ?उत्तर हेर्नुहोस्
लेखेको (Writing)
५३४.गणेशजीको पछाडि इनार। के हो ?उत्तर हेर्नुहोस्
पानस (Panas (traditional lamp))
५३५.गधाको दाजु घोडाको भाइ, भारी बोक्न लाउँछन् दाजुभाइ । के हो ?उत्तर हेर्नुहोस्
खच्चर (Mule)
५३६.गनगने बूढाको पिठ्यूँभरि नसा के हो ?उत्तर हेर्नुहोस्
दमाहा (Damaha (large kettle drum))
५३७.गनगने बूढीको थाप्लामा आगो भुङ्गो । के हो ?उत्तर हेर्नुहोस्
हुक्का/चिलिम (Hookah/Chilim pipe bowl)
५३८.गनगने बूढीको भान्सै मीठो। के हो ?उत्तर हेर्नुहोस्
मौरी र घार (Bee and hive)
५३९.गनगने नानीको म्वाई खाने बानी, उज्यालो भएपछि पानीतिर जानी। के हो ?उत्तर हेर्नुहोस्
लामखुट्टे (Mosquito)
५४०.गरिवले फाल्ने, धनीले राख्ने। के हो ?उत्तर हेर्नुहोस्
सिँगान (Snot/Mucus)
५४१.गरिबले सोरेर फ्याक्छन् छन् धनीले खल्तीमा हाल्छन् । के हो ?उत्तर हेर्नुहोस्
सिँगान पुछेको (Wiping snot)
५४२.गहतकोसे घोप्टी गाई दिनभर चरीकन भोकै आई। के हो ?उत्तर हेर्नुहोस्
आँसी हसिया (Sickle)
५४३.गहिरो तलाउमा चाँदीको बार। के हो ?उत्तर हेर्नुहोस्
दाँत (Teeth)
५४४.गहिरो पोखरीमा चादीको थाल। के हो ?उत्तर हेर्नुहोस्
चन्द्रमा (Moon)
५४५.गहिरो पोखरीमा सुनका माछा। के हो ?उत्तर हेर्नुहोस्
तारा (Stars)
५४६.गाग्राको जस्तो तामाको मानु, कुकुरको जस्तो कान, भित्र हेर्दा ताँती तााती, यो कथा। के हो?उत्तर हेर्नुहोस्
दारिम (Pomegranate)
५४७.गीत गाउदै रातभरी नाच्छ, एक म्वाई खान पाए खुसीसँग बाच्छ । के हो ?उत्तर हेर्नुहोस्
लामखुट्टे (Mosquito)
५४८.गुटुमुटु छैन मुटु । के हो ?उत्तर हेर्नुहोस्
पटुकी (Patuki (cloth belt))
५४९.गुनिलो फल फल्ने रुखको कल्यार्डकुलर्ड पात, न दुनु बन्ने, न टपरी बन्ने। के हो ?उत्तर हेर्नुहोस्
अमला (Amla (Indian gooseberry))
५५०.गुन्टे राजा पल्टे अरे मङगलेको झाईझाई। के हो ?उत्तर हेर्नुहोस्
दिसामा भिंगा भन्केको (Flies on feces)
५५१.गुन्टे राजा लडेर मरे अरे मङगलेको रझाई। के हो ?उत्तर हेर्नुहोस्
दिसामा भिंगा भन्केको (Flies on feces)
५५२.गुड्ने उड्ने दुवै गर्छ बस चरा होईन, बस्नु पर्छ यसभित्र पाउन सकिन्छ चयन। के हो?उत्तर हेर्नुहोस्
हवाईजहाज (Airplane)
५५३.गुन्द्रा काम्ला लथालिगै भुन्टी बज्यै भुईमा । के हो ?उत्तर हेर्नुहोस्
फर्सी (Pumpkin)
५५४.गुन्द्री काम्ला लदाबदी, ज्वाईनानी भूईमा। के हो ?उत्तर हेर्नुहोस्
फर्सी (Pumpkin)
५५५.गुराँस, कपास, मास, काँकरी, चारै जात एउटै थाँकरी । के हो ?उत्तर हेर्नुहोस्
सिमलको रुख (Silk cotton tree)
५५६.गेडा खाने झोल खाने। के हो ?उत्तर हेर्नुहोस्
कोल (Oil press)
५५७.गैंडा छ, जङगल छैन, संसार डुल्छ, खुट्टा छैन । के हो ?उत्तर हेर्नुहोस्
सयको नोट (Hundred rupee note (with rhino))
५५८.गैरीखेत टिलपिले पानी, बासी खाने चम्पै रानी । के हो ?उत्तर हेर्नुहोस्
सेलरोटी पकाएको (Making Selroti)
५५९.गैरीखेतमा बुलबुले पानी, बुलबुल पानीमा पम्फै रानी, फम्फै रानीलाई वाघले तानी। के हो ?उत्तर हेर्नुहोस्
ताईबाट रोटी झिकेको (Taking bread from the pan)
५६०.गैरीवारी भुलभुले पानी, झवाम्म खस्ता रुप फेर्ने बानी के हो ?उत्तर हेर्नुहोस्
सेल पकाएको (Making Selroti)
५६१.गोडा छैनन् टाढा जान्छ, मुख छैन कुरा गर्छ। के हो ?उत्तर हेर्नुहोस्
चिठि (Letter)
५६२.गारु फुकााउन वनमा जाँदा गोब्रे गुइठा दुना । के हो ?उत्तर हेर्नुहोस्
मौरीको चाको (Honeycomb)
५६३.गोरु मरेको केले कैले ड'क्रन थाल्यो अहिले । के हो ?उत्तर हेर्नुहोस्
मादल (Madal (drum))
५६४.गोरी गोरी सान्नानीको पेट हुन्छ कालो, मुखभर्भार चुम्बन गरे कराउँछ सारो । के हो ?उत्तर हेर्नुहोस्
शंख (Conch shell)
५६५.गोलघरमा झयाल न ढोका। के हो ?उत्तर हेर्नुहोस्
फर्सी (Pumpkin)
५६६.गोला, गोलामाथि नाल, नालमाथि थाल, थालमाथि सानो ताल । के हो ?उत्तर हेर्नुहोस्
पिंडालु कर्कलो (Yam/Taro plant)
५६७.गोल टाउको। मुठीभरको जीउ, मोटाउनी होईन कीहल्यै जति खाओस् घिऊ । के हो ?उत्तर हेर्नुहोस्
मदानी (Churning stick)
५६८.गोलो गोलो नाानी कम्मरकमा बस्ने बानी, रुख चढे रुख चढ्नी, खेत गए खेतै जानी। के हो?उत्तर हेर्नुहोस्
खुर्पेटो (Small sickle (Khukri-like))
५६९.गोल घरको एउटै छानो । के हो ?उत्तर हेर्नुहोस्
छाता (Umbrella)
५७०.गोल घरको न झयाल न ढोका। के हो?उत्तर हेर्नुहोस्
फर्सि (Pumpkin)
५७१.गोलीमाथि नाल, नालमाथि ढाल, ढालमाथि सानो ताल । के हो ?उत्तर हेर्नुहोस्
कर्कलोको पानी (Water on taro leaf)
५७२.गोलो घरको न झयाल न ढोका। के हो ?उत्तर हेर्नुहोस्
फर्सी (Pumpkin)
५७३.गोलो चकटीमा बःन नहुने, बस्न खोजे ज्यानै नरहने । के हो ?उत्तर हेर्नुहोस्
ईनार (Well)
५७४.गोलो छ पृथ्विी होईन, सास लिन्छ मान्छे होईन, कत्ले छ माछा हाईन, उफ्रन्छ उपिया होईन । के हो ?उत्तर हेर्नुहोस्
भकुन्डो, फुटवल (Ball, Football)
५७५.गोलो राम्रो ठूलो फुल, लाउन होईन खाने फुल। के हो ?उत्तर हेर्नुहोस्
काउली (Cauliflower)
५७६.घट्टमा बस्छ, घटेरो होईन, गर्छ भमरो होईन, जनै लाँउछ बाहुन होईन । के हो ?उत्तर हेर्नुहोस्
घट्टको चरो (Part of a water mill)
५७७.घन्टौँ हिंड्छ जहाको तहीं हुन्छ। के हो?उत्तर हेर्नुहोस्
जाँतो, घट्ट (Grinding stone, Water mill)
५७८.घरको वरिपरि लामालामा पात पकाईकन पोली खाने के हो त्यसको जात ?उत्तर हेर्नुहोस्
तमाखु (Tobacco)
५७९.घर गयो दैलाट, म काट जाम्। के हो?उत्तर हेर्नुहोस्
जाल र माछा (Net and fish)
५८०.घर छ झुप्रो, छोराछोरी छन थुप्रो। के हो ?उत्तर हेर्नुहोस्
मौरी (Beehive)
५८१.घर छ, मान्छे छ, बोलाए बोल्दैन। के हो ?उत्तर हेर्नुहोस्
चिहान (Grave/Tomb)
५८२.घर त गयो झयालबाट, म जाउ कहाँबाट। के हो ?उत्तर हेर्नुहोस्
जाल र माछा (Net and fish)
५८३.घर त गयो झ्यालबाट, म कहाँवाट छिरु। के हो ?उत्तर हेर्नुहोस्
जाल र माछा (Net and fish)
५८४.घरतिर जादा वनतिर मुख, वनतिर जादा घरतिर मुख । के हो ?उत्तर हेर्नुहोस्
बन्चरो (Axe)
५८५.घरबाट जादा मरेर जाने, वनबाट बिउँती आँखा तरी आउने । के हो ?उत्तर हेर्नुहोस्
नाम्लो (Namlo (head strap))
५८६.घरबाट निक्लँदा भोको, भित्र पस्दा अघाउने । के हो ?उत्तर हेर्नुहोस्
गाग्री (Water pot (Gagri))
५८७.घरवाट निस्के भुतुक्क मर्ने । के हो ?उत्तर हेर्नुहोस्
माछा (Fish)
५८८.घरभने झप्रो मान्छेल थुप्रो। के हो ?उत्तर हेर्नुहोस्
माहुरीको घार (Beehive)
५८९.घरभरि कपडा घरको वीरे नाङगै। के हो ?उत्तर हेर्नुहोस्
थाम (Central pillar/post)
५९०.घरभरि पानी रङ्गीचङ्गी रुप, तिहुन पकाई खान पाए हुन्छ मीठो खुप । के हो?उत्तर हेर्नुहोस्
माछा (Fish)
५९१.घरभरि मकै, वीरे छोरो भोकै। के हो ?उत्तर हेर्नुहोस्
थाम (Central pillar/post)
५९२.घरभित्र धासार धनसारभित्र हार लगाएका दाउरा । के हो ?उत्तर हेर्नुहोस्
सलाई र काँटी (Matchbox and matches)
५९३.घरभित्र पस्दा नाङगै जाने, बाहिर निस्कंदा लुगा लगााई आउने । के हो ?उत्तर हेर्नुहोस्
मकै (Corn)
५९४.घरमा एउटी नानी छन् हेर्दा मान्छे सानी छन्, खानु पिउनु क्यै छैन, दिनभरि गीत गाउँछिन्। के हो ?उत्तर हेर्नुहोस्
रेडियो (Radio)
५९५.घर मेरो खोलाखेत, नाम मेरो सुके, तुलाधिरामलाई भेट्न जाँदा नेपालसम्म पुगे। के हो?उत्तर हेर्नुहोस्
सिद्रा (Dried fish)
५९६.घर मेरो छैन वनमा चाहार्छु, बच्चा काढ्नु पर्दा फुल अन्त सार्छु । के हो?उत्तर हेर्नुहोस्
कोइली (Cuckoo)
५९७.घरि सिकाँ, घरि ढिकाँ, कहिलेकाहीं गर्छन् च्वाई। के हो ?उत्तर हेर्नुहोस्
ताई (Frying pan (Tawa))
५९८.घरी घरी कपडा नाप्ने तर आफू भने केही नलगाउने । के हो ?उत्तर हेर्नुहोस्
कपडा नाप्ने टेप (Measuring tape)
५९९.घाँटीमा कन्ठी छ मयुर होइन, सिउर छ कुखुरो होइन, पुच्छर छ बाँदर होइन । के हो ?उत्तर हेर्नुहोस्
छेपारो (Lizard)
६००.घाँटीमा झुन्ड्याई गालामा हाने, मीठो स्वरमा बोल्दछ साने । के हो ?उत्तर हेर्नुहोस्
मादल (Madal (drum))